सिम्तामा सुरक्षित यात्रा सचेतना कार्यक्रम सम्पन्न


सिम्ता, २२ असोज । ट्राफिक प्रहरी सुरक्षीत यात्रा सचेतना कार्यक्रम सिम्ता गाउँपालिकामा सम्पन्न भएको छ ।
सिम्ता गाउँपालिका सुर्खेत र अस्थायी ट्राफिक प्रहरी पोस्ट बादेपिपलको संयुक्त आयोजनामा ट्राफिक प्रहरी सुरक्षीत यात्रा सचेतना कार्यक्रम गरिएको हो । चाडपर्व नजिकिए संगै यात्रुहरुलाई सुरक्षीत रुपमा गन्तव्य सम्म लैजान तथा नागरिकहरुलाई ट्राफि सेचना दिनका लागी कार्यक्रम गरिएको गाउँपालिका अध्यक्षको सचिवालयले जनाएको छ ।
गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दको अध्यक्षता भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगाली, ईलाका प्रहरी कार्यालय बादेपिपलका प्रहरी निरीक्षक भिम बहादुर खड्का र ट्राफिक प्रहरी हवल्दार लेखनाथ खत्रीले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा सिम्ता स्थित विभिन्न यातायात व्यवसायीको उपस्थिति रहेको थियो ।