विश्व मानसिक स्वास्थ्य दिवश विभिन्न कार्यक्रम गरी मनाईदै, मनोपरामर्ष सेवा सम्वन्धी सचेतना फैलाउनु पर्नेमा जोड (अडियो सहित)


सुर्खेत, २३ असोज । कर्णाली प्रदेशमा मानसिक स्वास्थ्य समस्याले विकराल रूप लिँदैछ । जसका कारण कर्णालीमा आत्महत्याको अवस्था निकै भयावह हुन थालेको छ ।
पछिल्लो समय कर्णालीमा अधिकांश व्यक्ति शारीरिकभन्दा मानसिक स्वास्थ्य समस्याले ग्रसित बन्दै गएका छन । कर्णालीमा मासिकरूपमा करिब २५ जनाले आत्महत्यामार्फत् ज्यान गुमाने गरेका छन् । वार्षिकरूपमा सरदरमा ३०० जना कर्णालीका नागरिकले आत्महत्यामार्फत् ज्यान गुमाइरहेको प्रहरीको तथ्यांक छ ।
कर्णाली प्रदेश प्रहरीको तथ्यांकअनुसार २०७७÷०७८ मा कर्णालीमा आत्महत्याका कारण तीन सय ३९ जनाको मृत्यु भएको थियो । २०७८÷०७९ मा २८९ जना र २०७९÷०८० मा २७४ जनाले आत्महत्याका कारण ज्यान गुमाएका छन् ।
तीन आर्थिक वर्षमा १०६ जना बालबालिकाले आत्महत्यामा ज्यान गुमाएका छन् । यस तथ्यांकले पनि कर्णालीका ७९ वटै स्थानीय तहमा मनोपरामर्श सेवाको अभाव बढ्दो अवस्थामा रहेको देखिन्छ । सबै स्थानीय तहमा बसोबास गरिरहेका नागरिकहरू हाल मनोपरामर्श सेवाको पहुँचमा छैनन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मानसि समस्याका विरामीको संख्या बढ्दै गएको लअस्पतालले जनाएको छ । मनोपरामर्श सेवाका लागि दैनिक १५ देखि २० जनासम्म बिरामीहरू पुग्ने गरेका छन् । यता प्रदेश अस्पतालमार्फत् ५० देखि ६० जनासम्म बिरामीहरूले मनोरोग उपचारका लागि नियमित औषधि सेवन गरिरहेको मनोरोग विशेषज्ञ डाक्टर सुशील समदर्शीले बताउनुभयो । यसका नियन्त्रणका लागी सचेतना फैलाउनु पर्ने सरोकारवालाहरु बताउँछन् ।
यसै विषयमा मानसिक स्थास्थ्य सम्स्या के हो, यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ हामिले भनेर प्रदेश अस्पताल सुर्खेतमा कार्यरत मनोविद् पुर्ण बहादुर रावतलाई सोधेका छौँ ।…..कुराकानी….