चिङ्गाड गाउँपालिकामा पनी अनिश्चितकालीन विरोध कार्यक्रम


सुर्खेत, २३ असोज । जिल्लाको चिङ्गाड गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारी हरुले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा प्रवाह बन्द गरेका छन ।
स्थानीय तह कर्मचारी केन्द्रिय समितिद्वारा जारी दयावमुलक कार्यक्रममा ऐक्यबद्धता जनाउदै असोज २१ गतेदेखि चिङ्गाड गाउँपालिका तथा सबै मातहतका सबै वडा कार्यालय बाट अत्यावश्यक बाहेकका अन्य सबै सेवा प्रवाह नगर्ने गरि अनिश्चितकालीन पेन डाउन गरिरहेका छन् ।
स्थानिय तह कर्मचारी संघर्षले केन्द्रको निर्देशन बमोजिम सेवा प्रवाह अवरुद्ध हुने समेत जनाएका छन् ।
संघीय निजामती सेवा ऐन मस्यौदामा स्थानीय तहमा कर्मचारीहरु माथि गरिएको विभेदपुर्ण व्यवस्थाका विरुद्ध अनिश्चितकालीन विरोध कार्यक्रम गरिएको स्थानीय तहमा कर्मचारी संघर्ष समिति चिङ्गाड गाउँपालिकाले बताएको छ ।