जागरण एम.एम.को संचालक संस्था हातेमालो जागरण बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न


सुर्खेत, २७ असोज । जागरण एम.एम.को संचालक संस्था हातेमालो जागरण बहुउद्देश्यीय सहकारी संस्थाकको पाँचौ साधारण सभा सम्पन्न भएको छ । आज भएको साधारण सभामा संस्थाका सचिव लोक प्रशाद ढकाले बार्षीक प्रतिवेदन प्रस्तुत गर्दै आगामी निति तथा कार्यक्रमहरु का बारेमा जानकारी दिनु भएको थियो । एफएमले तिनै तहका सरकार संगको साझेदारीमा जनता संग जनप्रतिनिधी, टोलटोलमा जागरण सहकारी जागरण जस्ता कार्यक्रमहरु संचालन गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ । रेडियोले संचालन गरेका कार्यक्रमहरुमा स्रोता सहभागिता बढाउन तथा जन गुनासोहरु संकलन गरी सरोकारवालाहरुबाट जवाफ दिलाउने जनता संग जनप्रतिनिधी कार्यक्रमलाई थप प्रभावकारी बनाउन टोल फ्रि नम्वर संचालनमा ल्याउने तथा समान उद्देश्य भएका संस्थाहरु संग समायोजन गर्न पहल गरिने बार्षीक प्रतिवेदनमा उल्लेख गरिएको छ । आर्थीक बर्ष २०७९÷०८० मा ५६ लाख २६ हजार ६ सय ६९ रुपैँया आम्दानी र ५५ लाख १६ हजार ८ सय २ रुपैँया खर्च भएको संस्थाका सचिव लोक प्रशाद ढकालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । कार्यक्रममा जागरण एफएमका कार्यक्रम संचालकहरु ढिलाराम आचार्य, मुकेश शर्मा र राजकुमारी पौडेललाई सम्मान समेत गरिएको छ । कार्यक्रमकी प्रमुख अतिथी समिेत रहनु भएकी वीरेन्द्रनगर नगरपालिकाकी नगर प्रमुख मोहनमाया ढकालले स्थापनाको छोटो समयै संस्थाले शेयर सदस्य तथा अन्य नागरिकहरुको मन जित्न सफल भएको भन्दै आगामी दिनमा संस्थाको प्रगतिको कामना व्यक्त गर्नुभयो । जागरण एफएमले जनातालाई सत्य तथ्य सुचना प्रदान गरी नागरिकको सुचनाको हकलाई सुनिश्चित गर्दै आएको बताउँदै यस कार्यलाई निरन्तरता दिन सुझाव समेत दिनुभयो । संस्थाका अध्यक्ष पुर्ण प्रशाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १२ का अध्यक्ष चुडामणी चपाँई, गुराँस गाउँपालिका वडा नम्वर ८ का वडा अध्यक्ष तथा जागरण एफएमका पुर्व स्टेशन म्यानेजर दिपेन्द्र ओली लगाएत शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।