गुराँस गाउँपालिकामा नागरिक समूह र स्थानीय सरकारबीच सार्वजनिक सुनुवाई


सुर्खेत, ४ कात्तिक ।
कर्णाली प्रदेश सरकारको गुनासो सुनुवाई संयन्त्र ‘हाम्रा कुरा हाम्रा मुख्यमन्त्री’ अन्तर्गत नागरिक समूह र स्थानीय सरकारबीच सार्वजनिक सुनुवाई कार्यक्रम गुराँस गाउँपालिकामा सम्पन्न भएको छ ।
सहकर्मी समाजको आयोजना तथा कर्णाली प्रदेश सरकार र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडिपी) को सहकार्यमा गुराँस गाउँपालिका वडा नं. ४ मा शुक्रबार सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । कार्यक्रममा सहभागी स्थानीय नागरिकहरुले टोल विकास संस्थालाई क्रियाशील बनाउनुपर्ने, सामुदायिक वन संरक्षण गर्नुपर्ने, खानेपानी समस्या समाधान गर्नुपर्ने, योजना छनौट गर्दा वस्तीस्तरबाटै गर्नुपर्ने, विद्युत सेवालाई भरपर्दाे बनाउनुपर्ने लगायतका गुनासो गरेका छन् । सहभागीले उठाएको प्रश्न तथा गुनासाको सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष टोप बहादुर विसीले नागरिकले उठाएका गुनासाको उचित रुपमा समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो । सुशासन, जवाफदेहिता र सहज रुपमा सेवा प्रवाहका लागि गाउँपालिका सधैँ प्रतिबद्ध रहेको अध्यक्ष विसीले जिकिर गर्नुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शिवा कुमारी खड्काले विशेषगरी नागरिका समस्या तथा गुनासा सुनुवाईका लागि न्यायिक समिति र मेलमिलाप कर्ताहरु मार्फत टोलस्तरसम्म पहुँच पु¥याइएको बताउनुभयो । सुशासन समितिका संयोजक समेत रहनुभएका वडा नं. ८ का अध्यक्ष दिपेन्द्र ओलीले गउँपालिकाले सुशासनका लागि सेवा प्रदायक सबै कार्यालयमा नागरिक वडापत्र राखेको, वडा कार्यालयसम्म सूचना अधिकारी तोकिएको, वडादेखि पालिकासम्म हरेक बर्ष सार्वजनिक सुनुवाई गर्ने गरिएको, प्रत्येक योजनाको सार्वजनिक परिक्षण पछि मात्रै अन्तिम भुक्तानी दिने गरेको तथा गुनासो सुन्ने अधिकारीको व्यवस्था गरिएको जानकारी दिनुभयो । कार्यक्रममा सहकर्मी समाजका कार्यक्रम संयोजक खड्ग प्रसाद शर्माले उपयुक्त संयन्त्र नभएमा नागरिकका का गुनासा छताछुल्ल रुपमा पोखिने र त्यसको समाधान पनि नहुने भएकाले हाम्रा कुरा हाम्रा मुख्यमन्त्री संयन्त्रबाट गुनासा गर्न उपयुक्त हुने बताउनुभयो । उक्त संयन्त्रमा निशुल्क हटलाइन सेवा १०९६, हाम्रा कुरा मोवाइल एप्लीकेशन, वेवसाइट, सामाजिक सञ्जाल फेसबुक ट्वीटर लगायतबाट जुनसुकैबेला गुनासा दर्ता गर्न सकिने शर्माले जानकारी दिनुभयो ।