वेतलवी हेरचाह कामदार दिवशको अवशरमा सामुहीक बहस कार्यक्रम सम्पन्न

दैलेख, १४ कार्तिक । वेतलवी हेरचाह कामदार दिवशको अवशरमा युरोपियन युनियन र अक्फामको सहयोग तथा सिमानतकृत महिलाहरुका लागी महिला संस्था (वाम)को आयोजनामा दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिका वडा नम्वर १ चुप्रामा सामुहिक बहस कार्यक्रम गरिएको छ । उक्त गाउँपालिकामा वेतलबी हेरचाह कामदार सम्वन्धी कार्यक्रमलाई के कसरी अगाडी बढाउन सकिन्छ ? यसलागी समुदाय स्तरबाट स्थानिय तहहले के कस्ता निति तथा नियमहरु बनाउन आवश्यक हुन्छ ? वेतलबी हेचाह कामदारहरुको अवस्था के कस्तो र छ लगाएतका विषयमा जनप्रतिनिधी तथा स्थानिय नागरिकहरु संग छलफल गरिएको छ । छलफल तथा सामुहिक वहस कार्यक्रममा सहभागिहरुले यस कार्यक्रमको बारेका विभिन्न जिज्ञासाहरु राख्नु भएको थियो । उक्त बहस कार्यक्रममा जनप्रतिनिधिहरुले बेतलवी हेरचाहा कामदार कार्यक्रमका बारेमा स्थानिय स्तरको अवस्था के छ भन्ने बारेमा पनी बहर गरिएको थियो । वेतलवी हेरचाहा कामदार भएको कारण कुनै पनी समुदयको पविारमा हुने महिला तथा घरेलु हिंसा तथा विभेदका कारण पिडित भएको समेत बहस कार्यक्रमकामा सहभागि हुनु भएका महिलाहरुले गुनासो गर्नु भएको थियो । उहाँहरुले यस कार्यक्रमले यस्ता हिंसामा परेका महिलाहरुका लागी पनी सहज र समाजमा सचेतीकरण हुने बताउनु भएको थियो ।
बेतली हेरचा कामदारको अबस्था र तीनिहरुको मागको अबस्था पहिचान गर्न । स्थानिय स्तरको बेतलबी हेरचा कामदारको नीतिगत व्यवस्थामा स्थानिय तहको पहल गर्न कार्यक्रमको आयोजना गरिएको थियो ।
समुदाय तथा स्थानिय स्तरमा रहेका वेतलवी हेरचाह कामदारको तत्थ्यांक गरि कार्यक्रमहरु संचालन गर्नुपर्ने । कार्यक्रम संचालनको मापदण्डहरु तयार गरीनु पर्ने । कार्यक्रम कति अवधी सम्म संचालन हुने हो, विभेदीकरणका बारेमा वकालात गर्दै गर्दानै परियोजना सकिने होकी जस्ता प्रश्नहरु पनी राख्नु भएको थियो । यस कार्यक्रमले स्थानिय स्तरमा रोजगारी सृजना गर्ने लक्ष राखेको छ की छैन् जस्ता जिज्ञासाहर सहभागिले उठाएका थिए ।।
बहस कार्यक्रमका बक्ताहरुले यस कार्र्यक्रम संचालन गर्न गर्दैै गर्दा वेतलवी हेरचाहा कामदारबा बारेका गाउँपालिकाले संस्था संगको समन्वयमा आवश्क निति तथा नियम निर्माण गरी परियोजनालाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
आगामी वर्षमा पलिका तथा वडाले कार्यक्रम तथा योजनाहरु निर्माण गर्दा वेतलवी हेरचाह कामदार संग सम्वन्धीत योजना तथा कार्यक्रहरु पनी निर्माण गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
बहस कार्यक्रममा बेतलवी हेरचाह कार्यक्रमका बारेमा पालिका स्तरमा रहनु भएका जनप्रतिनिधीहरु संग छलफल तथा अन्तरक्रिया कार्यक्रम संचालन भएको छ छैन, यस बारेमा जनप्रतिधिहरुलाई कु हद सम्म जानकारी रहेको छ ? वेतलवी हेरचाहा कामदारकाको विषयमा के कस्तो बुझाई रहेको छ भन्ने विषयमा समेत छलफल गरिएको थियो । यस्तै यसका कारण घरेलु तथा महिला हिंसा सृजना हुने जोखिम के कस्तो रहेको छ । लगाएतका बारेमा समेत छलफल भएको थियो ।