भूकम्प प्रभावितलाई सिम्ता गाउँपालिकाकाे पाँच लाख सहयोग

जागरण संवाददाता ।

सुर्खेतको सिम्ता गाउँपालिकाले भुकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा पाँच लाख सहयोग गरेको छ ।

जाजरकोट जिल्लालाई ३ लाख र रुकुम पश्चिमलाई २ लाख गरी ५ लाख रुपैँया प्रदान गरेको हो । सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिको खातामा रकम जम्मा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले जानकारी दिनुभयो । उहाँका अनुसार राहत रकमका लागि जनप्रतिनिधिहरुबाट दश दिनको, शिक्षक तथा कर्मचारीबाट २ दिन बराबरको पारिश्रमिक विपद व्यवस्थापनमा सहयोग गरिएको छ ।

गाउँपालिकाले यसअघि अध्यक्ष ऐन बहादुर चन्दको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा पुगी २ लाख २१ हजार ४ सय बराबरको आषधि हस्तान्तरण गरेको थियो । साथै प्राथमिक उपचारका लागि ५ जना स्वास्थ्यकर्मीको टोली पनि पठाएको थियो ।