शेर लाल गिरी । “मानव जाति आवेगमा हुइकने प्राणी हो । जसले स्थिर रुपमा आºना अन्तर इच्छाहरुलाई निर्देशित गरिरहन्छ”( फ्रायडको भनाईवाट म यस लेखकको श्री गणेश गर्न चाहान्छु । “हो वालकलाई आफुले चाहेजस्तो होईन वालकले चाहेजस्तो वन्न सघाउ पु¥याउनु होस” ( गीजुभाईको हामी आमा वुवा को सार । माथीका एक मनोविश्लेषणबाद तथा एक शिक्षाविद लेखक गीजुभाईको भनाईमा नेपालको शिक्षाको १ नम्बर उदेश्य जोडेर हेरे प्रत्येक वालवालिकाको अन्तरर्निहित प्रतिभाको प्रस्फुटन गराउन सहयोग गर्ने कार्य गर्छ रे शिक्षाले । अन्तरर्निहित प्रतिभा, अन्तरर्निहित इच्छाहरु संग सजाएका हुन्छन् हाम्रा वालवालिकाहरुले र त्यो अन्तर निहित प्रतिभा प्रस्फुटन त्यसका लक्षणहरु देखिनको लागी त फेरी वालकलाई वालकको इच्छा अनुसार वन्न र चल्न दिनुप¥यो नी हैनर † अनि हामी अविभावक शिक्षक शिक्षाविद लगाएत सम्पुर्ण शिक्षाप्रेमी त फेरी आºना सपनाहरु अवोध साना छोराछोरीमाथी थोपरी रहेका हुन्छौ । मेरो इच्छा त छोरा वा छोरीलाई डाक्टर, इन्जिनियर …..यस्तै खालका सपना देखेका हुन्छौ । “सबै मानिस एकै किसिमको हुन्छ तर प्रत्येक मानिस खास एक किसिमको हुन्छ”। अनि वालकमा तपाईले देखेको सपना कसरी हुन्छ पुरा ? सपना तपाईको हो त्यो पुरा गर्नु तपाईको धर्म हो न कि वालकले त्यो सपना पुरा गरीदियोस तपाईको लागी । बालकले आºनो प्रकृति अनुसार सपना देख्न पाउनु र त्यो पुरा गर्न पाउनु उसको प्राकृतिक अधिकार हो । हामी सरोकारवालाले बालकको सपना पुरा गर्ने क्रममा आएका अवरोधहरुलाई हटाईदिनु नै सिकाईको महान द्घार खोलिदिनु रहेछ ।
विश्वका धेरै विकसित देशहर जह“ा हामी जान पनि गौरवको अनुभव गर्दछौ ति देशमा कसरी सिक्छन त बालबालिका ? कसरी हुन्छन त तिनका प्रतिभाको प्रस्˚ुटन ? या त त्यहापनि प्रतिभाहरु प्रस्˚ुटन नभएर गर्भमै तुहाईन्छन त ? यस बारे सानो अंश……
१८ औ“ र १९ औ“ शताब्दिमा बिभिन्न शैक्षिक मुभमेन्टहरु भए पश्चिमा देशहरुमा र त्यसको प्रभाव २० औ“ र २१ औ“ शताब्दिमा पूर्विय देशहरुमा परीरहेको छ । पश्चिमा देशहरुले प्रयोग गरी असफल भईसकेका सिकाई दर्शनहरु हामी प्रयोगको प्राकाष्टामा छौ । त्यसै गरी गुमनाम तर शक्तिशालि सिकाईका दर्शनहरु अहिलेको समयमा प्रयोगमा ल्याईदै छ । जस्मा स्कुल इज डेट, पेडागोजी अफ ओप्रेस्ट, होम स्कुलिङ……. आदि स्वतन्त्र सिकाईका महान दर्शन तथा दिगदर्शन हुन । यी माथीका मुभमेन्टले बालकको लागी तयार पारीएका सिकाईका साधकहरु नै यो औपचारीक शिक्षा पद्घति भित्रका बिभिन्न सीमाहरु नै सिकाईका बाधक भएका रहेछन भन्ने कुरालाई प्रष्ट पारेका छन् ।
अहिले अमेरीका, दक्षिण कोरीया, रुस, स्वीजरल्याण्ड जस्ता देशहरुमा वालकहरुलाई स्वतन्त्र सिकाइका अवसरहरु उपलब्ध गराईदिने भन्दा महत्वपुर्ण कुरा त सिकाईका अवसरहरु खुला गर्नु वालवालिकाको लागी जीवन सफलताको प्रमुख मापदण्ड हुदो रहेछ । तिनै अवसरहरु वालवालीकाको लागी खुला गरिदो रहेछ । तिनि विकसित देशहरुको वर्तमान शिक्षा प्रणाली त्यहा“ हाम्रो देशमा जस्तो सिकाईको लामो समयसम्म एउटा Trend नै हुदैन प्रयोग र परिमार्जन छिटो छिटो भईरहन्छ । एक प्रणाली एक पद्धति असफल हुने मात्र लक्षणहरु देखिने बितिकै परिवर्तन भईहाल्छ जो प्रयोगद्धारा वैज्ञानिक पद्धति अनुसार सफल परिक्षण गरि प्रयोगमा ल्याईन्छ । अहिलेको शिक्षा र शिक्षण गर्ने तरिका त्यहा“ हाम्रो मा जस्तो अवशेषात्मक रुपमा मात्र सिमित रहेको पाइन्छ । त्यह“ा बिभिन्न शिक्षाविध, मनोविज्ञानका सिकाइ मनोविदको नेतृत्वदायी भुमिका मार्फत शिक्षण तथा शैक्षिक पद्धति नविनतम् सिकाइको चरणका प्रवेश गरीसकेको अवस्था छ । ती विकसित मुलुकहरुमा तथ्य,प्रमाणका आधारमा सापेक्षिक रुपमा सिकाइका नविनतम आयामहरुमा दार्शनिक धारहरु पनि शिक्षा क्षेत्रमा सापेक्षिक हुन्छन । निरपेक्ष सिकाइका पुराना शैलि तोैर तरिका रवैयाहरु पूर्णतया निस्तेज भएको पाइन्छ । हामीकहा“, म कहिले कांहि शिक्षा विधहरुका शिक्षा सम्बन्धी लेखहरुमा आखा लगाउदा लाग्छ फेरि त्यहि शैक्षिक पुरातन वादि तथा निरन्तरताको सिलसिलामा नै कायम रहेका लेखहरु वढि मात्रामा भेटिने गर्छन । अनि शिक्षा क्षेत्रका हस्तीहरुले त्यहि पुरानो १८÷१९ शताब्दी बिचका सिकाइका असफल भइसकेका सिद्धान्तहरुलाई आºनो भएभरको उर्जा खर्च गरि प्रयोगमा ल्याउने प्रयास गरिरहेको देख्दा मलाई मात्र होइन म जस्ता धेरैलाई सिक्ने अवरोधको पर्खाल ठडाइएको अनुभव हुन्छ । मानव जाती शारिरीक रुपमा सक्रिय रहने प्रवित्तिको हुन्छ त्यतिकै रुपमा निम्न कोटिमा परिणत हुदै जान्छ । हाम्रा विद्यालयहरुमा यस्तै क्रियाकलाप वढि हुने गरेको पाइन्छ । वौद्धिक कसरत हुने अवसर तथा अवसर प्राप्त गर्ने स्वतन्त्र अधिकार बालबालिकालाइ छैन विद्यालयमा सिकाइको लागी जापान, क्यानडा, चाइना, स्विजरलयाण्ड दक्षिण कोरीया, रुस, अमेरीका, भारत लगायतमा ५ वटा E को प्रयोग गरीएको पाइयो मुख्यतया engage, explore, experiment, explain, evaluate ।
संलग्नता engage – भौतिक रुपमा बच्चा विद्यालयमा सरदर प्रतिशत पुगेको तर सिकाईमा संलग्नताको पहिलो चरणबाट नै सरदर ७० देखि ८० प्रतिशत बच्चाहरु रङ्गरुटमा प्रवेश गर्छ र कालान्तरमा सिकाईमा नगन्य तथा शून्य प्राय हुन्छ । यसले बालकमा सिकाई बोझिलो हुन गई सिकाई र पढाईप्रति घृणा भावको सृर्जना हुने सामान्यतया या विद्यालय छाड्ने यात डिप्रेशनको सिकार बन्ने सम्भावना प्रवल भएर जान्छ र बालकको सिकाइप्रति शिक्षा पद्धति प्रति नकरात्मकता सिर्जना हुनुको मुख्य कारण चाहि संलग्नताबाट सुरु हुन्छ । जव बालवालिका विद्यालय प्रवेश गरेपछि आºनो प्रकृति अनुसार सिकाइका अवसरहरु उपलब्ध बिद्यालयले गराउन सक्दैन त्यसपछि बालकमा डर, घृणा, द्धेष, बिरोधको भावना सिर्जना भएर जान्छ बिद्यालय प्रति शिक्षक प्रति पाठ्यपुस्तक तथा शैक्षिक सामाग्री प्रति जवरजस्ती बिद्यालय पठाउने आºना आमाबुवा प्रती अब यस्तो अवस्थामा बालक सिकाइको प्रक्रियामा प्रवेश नै गर्न सक्दैन गरे पनि आºनो लागी होइन शिक्षक, बिद्यालय, बुवाआमाका लागी मात्र सिक्छ । यसले उसको न इच्छा पुर्ति हुन्छ नत भबिष्यमा महान ब्यक्ति बन्न सक्छ । गितामा भनिएको छ श्रीकृष्णले अर्जुनलाई भनेका हुन स्व धर्मको पालना गर त्यहि तिम्रो सफलताको महानताको शुत्रधार हो । यसको अर्थ हो, प्रत्येक बालकमा अन्तरनिहित प्रतिभा हुन्छ त्यहि प्रतिभा अनुसार कार्य अथवा कर्म गर तिमी महान हुनेछौ भनेर भनिएको हो । त्यसैले म तपाइहरुलाई एक शैक्षिक आन्दोलनका अग्रज अमेरीकन लेखक जोन हल्टको कथन अनुसार ब्यवहार गर्न अनुरोध गर्न चाहान्छु “जसरी चाहान्छन त्यसरी जतिबेला चाहान्छन त्यतिबेला जस्तो चाहान्छन त्यसो सिकाइ प्रक्रिया र प्रणाली आवश्यक छ” । हामी त्यहि बाटोमा जान आवश्यक छ र त्यो नेपालमा हुन सकेको अवस्था छैन ।
खोज अनुसन्धान
explore- हामी कहा“ खोज अनुसन्धान जति हुनुपर्ने हो त्यो छैन केहि शिक्षाविद्धले केहि पुराना किसिमका प्रयोग अयोग्य खालका शिक्षा सम्बन्धी अनुसन्धान गरेको पाइयो र नविनतम सिकाइका सिद्धान्त पूर्ण रुपमा निहित स्वार्थ पूर्तिमै सिमित रहेको अवस्थाछ आºनो मौलिक किसिमको सिकाइमा नविनतम खोज अनुसन्धान प्राक्टिकल्लि भएको पाइदैन । बालकमा यसको प्रभाव एक त सिकाइ प्रक्रियामा परेको छ भने अर्को तिर शिक्षण पद्धतिमा पनि रतन्धो लागे जस्तो बनाइरहेको छ । बालक आफै पनि त्यस किसिमको सिकाइ प्रक्रियामा समावेश नगन्य मात्रामा भएको पाइन्छ । विल गेट्सले १३ वर्षको उमेरमानै कम्पुटर सºट ओएरमा पहिलो पटक देखेका र सºटओएर इन्जिनियरीङमा खोज अनुसन्धान गरे । उनी प्राय गणित कक्षा छोडेर कम्प्यूटर पढ्न जान्थे अनि मात्र यहा“ सम्म आई पुगी पुर्ण समबृद्धि भए यस्तो खालको खोजमुलक शिक्षाको प्रणाली छ । न त सिकाई प्रणाली छ, यसले बालकलाई र राष्ट्रलाई पनि कमसल खालको जनशक्तिमा चित्त बुझाउनु पर्ने अवस्था आउ“छ । त्यहि भएर अहिले हामी नविनतम् केहि कार्य गर्न खोज्यो विदेशका डाक्टर इन्जिनियर ताक्नु पर्ने अवस्था छ । यसको लागी हामी अन्वेषण प्रणाली वाट शिक्षाका सिकाई प्रक्रिया अगाडी बढाउन आवश्यक छ र यसर्थ हामी सम्पूर्ण बालबालिकाका सिकाइ क्षमता र दक्षतामा पूर्णता प्राप्त हुन्छ नकी मात्र सर्टिफिकेटमा मात्र सिमित हुन नपरोस ।
experiment- प्रयोगयस्तो चिज हो जसले सफल र असफल सहि गलत उपयुक्त, अनुपयुक्त, सत्य, अर्धसत्य, असत्य जस्ता दुविधाहरु समाप्त पार्ने मापदण्ड तयार पारिदिएको हुन्छ । मानव जीवनमा एक वालक जीवनका हरेक क्रियाकलापमा उसले व्यवहारत यो लागु हुन्छ या हुदैन यो सत्य वा असत्य, उपयुक्त वा अनुपयुक्त जस्ता कुराको प्रयोगीक आधारमा टेकेर सिकाई गर्न चाहान्छ । त्यति प्रयोग र अनुभवको भण्डारको विकसित गर्छ वालकमा यस्तो जीवनका हरेक कार्यहरु गर्दा शब्दहरुका आधारमा होइन कार्यमा आधारीत प्रमाणित खोज्न चाहान्छ । म कुनै कार्यमा सफल या असफल के भन्ने प्रसंगमा उसले परिक्षण÷प्रयोग गरेमा मात्र सफलता वा असफलता भन्न सकिन्छ । नत्र कल्पनाको आधारमा भावनाको सोंचका आधारमा त्यो सम्भव छैन । त्यसैले बालकले सिक्ने हरेक सिकाइका चरणहरु प्रायोगीक आधारमा ढाल्न जरुरी छ । यसले उनीहरुमा वास्तवीक सिकाइको क्षमता प्रदर्शन गर्न र वास्तविक सिकाइको मापदण्ड निर्धारण गर्न सकिने हुन्छ । त्यो पक्षमा सिकाइ हुन सकेमा मात्र सिकाइको मुल्य हुन्छ । नत्र शब्दको भण्डार गर्दैमा त्यो सिकाइ होइन त्यो त मानव शब्द भण्डार हो । अबको शिक्षण प्रणालीमा शिक्षण पद्धतिमा पनि प्रयोग परिक्षण निरिक्षण सफल भए निरन्तर असफल भए निस्तोज गर्नु आवश्यक छ । हाम्रो शिक्षा प्रणालीमा त्यो छ तर सर्वव्यापी छेैन । हामी यसलाई सर्वव्यापी रुपमा लागु गर्न सक्नुर्पछ ।
विस्तार explain- प्रत्येक तत्व, तथ्य र सत्यका वारेमा त्यसको अस्तित्वको वास्तविक खोज गरी फुटाउने र जुटाउने कार्य गर्नु सक्नु र त्यसमा निहित प्रत्येक कण–कण, तथ्य–तथ्य र सत्य भित्रको रहस्य उजागर निश्चित प्रमाणको आधारमा गर्न सक्नु विस्तार हो । हाम्रो सिकाईको सम्पूर्णता जीवनसंग जोडनु हो भने सिकाइको खण्डितता विज्ञानको रहस्य भित्र सत्यको खोजी गर्नु हो । यी दुवै कुराको प्रयोग उचित तरीकाले गर्न सक्ने ज्ञानको विकास गर्न सिकाइको उक्त कुरा अपरीहार्य छ । यी दुई कुराको उचित सिकाइ क्षमताको विकास वालवालिकामा गर्न सकेमा सिकाइको शाश्वत सत्य भेटिन पुग्छ । मानव जीवन सफलताको उच्चतम विन्दु तर्फ मुखरीत हुन जान्छ । त्यसरी नै विकसित देशहरुमा सिकाइ प्रणाली धन्य भएको छ बालबालिकाको लागी । तर कमजोर मानसिक्ता र रुग्न शिक्षा प्रणाली र अव्यबस्थित सिकाइ प्रक्रिया र कमजोर प्रविधिको कारणले हाम्रो शिक्षा प्रणालीले उक्त बाटो अपनाउने सकिरहेको छैन । त्यसैले हामी सिकाइ रणनीतीमा सफल र हुन सकेका छैनौं ।
मुल्याङन evaluate- सिकाइमा यो चरण अन्तिम तथा पूर्णताको चरणमा रहेको छ । यसमा सिकेको सिप ज्ञान सक्षमतालाई समय सापेक्ष रुपमा प्रमाणिकता भइसकेपछि मापनको एउटा आधार कार्यमा पुगेर गरिन्छ । सिपको, ज्ञानको, क्षमताको परिक्षण प्रयोगका आधारमा हुने सिकाई प्रणाली हो यो । यसमा बालबालिका वा सिकारुमा भएको सक्षमताको पूर्ण उपयोग समय सापेक्ष र सम्वद्र्धनको आधारमा गरिने ब्यवस्था हुन्छ । यदि उक्त सिकाइ समय सापेक्ष उपयोगी छ भने स्वीकृती दिइन्छ । यदि छैन भने त्यसलाई अस्वीकृत गरी नविनतम सिकाइका चरणमा प्रवेशको द्धार खुला गरिन्छ । परिक्षा प्रणालीमा रहेका विभिन्न मुलुकहरुमा यो पद्धति पूर्ण रुपमा कार्य गर्न असफल भएको भएतापनि केहि निश्चित प्रयोगको प्रमाणका आधारमा ति मुलुहरुमा सक्षमताको चरणमा पूर्ण रुपमा निस्तेजको कारणले गर्दा सिकाइको अर्को चरणमा प्रवेशको स्वतन्त्रता दिने कार्य गरिन्छ । यसकारण यो सिकाइको परिक्षण कार्यमा र थप सिकाइको लागी अनिवार्य गरिएको छ तर नेपालमा यस पद्धतिमा पूर्ण विकास गर्न सकिएको छैन । शिक्षा प्रणालीको तल्लो चरणमा यसको पूर्ण रुपमानै निस्तेजको अवस्थाले गर्दा भावि सिकाइको लागी Dalima को अवस्था सिर्जना भएको र जसवाट विद्यार्थीहरुमा आ“फुलाई चिन्ने र आºनो प्रकृति पहिचान गर्ने असक्षम भएको स्थीती छ । यस किसिमको अन्ध सिकाइले नत बालकले भविष्य निर्धारण गर्न सक्छ । नत सिकाइमा पूर्णता प्राप्त गर्न सक्छन । असफल शैक्षिक बेरोजगारिको अवस्था सिर्जना हुनेगर्छ । अव वालकलाइ सिकाइको मुल्याङ्कन पद्धतिमा परिवर्तन गर्न आवश्यक छ । यो एउटा विद्यालय, एउटा कुनै शैक्षिक निकायबाट सुधारको थालनी गरेर मात्र सम्भव छैन पूर्णतः शैक्षिक क्रान्तीको आवश्यक देखिएको छ ।
अब के ?माथि उल्लेखित सव्दर्भहरुबाट हामी शिक्षा क्षेत्रका सम्पूर्ण सरोकारवाला आफु र सरोकारवाला वदलिन आवश्यक छ । अवश्य पनि अव हामीसंग विकासको चरम सिमामा पुगिसकेका विकसित मुलुकको सिकारवाट वच्ने किसिमको शिक्षा प्रणाली विकास गर्न आवश्यक छ । एक चरण हामीले छोडी सक्यौ“ अव विश्व कृत्रिम विकासवाट आर्जित भइसकेर Back to nature दिगो विकासको चरणमा प्रवेश गरिसके, हामी अझै त्यहि १६÷१७ शताब्दीमा वामेसरी रहेको अवस्थामा नत त्यो हाम्रो यो समयमा सापेक्षिक छ नत हामीलाई त्यसले उपलब्धि नै दिन्छ । त्यसैले अबको हाम्रो सिकाइले मानव जीवनको चरम कृत्रिमवादबाट र प्राकृतिक स्रोत साधनको अत्याधिक दोहन बाट उपलब्धि नै हा“सिल गर्न सक्छौ । त्यसैले हामी अब नव संयोजनवादि प्राकुतिक स्रोत साधनको सदुपयोग गर त्यसमा मानव जीवनको अस्तित्व खोज भन्ने चरणमा प्रवेश गर्ने खालको शिक्षा पद्धति र प्रणालीको विकास यस पुस्तामा प्रवेश गर्न आवश्यक छ । त्यहि किसिमको शिक्षा प्रणाली सिकाइ प्रणाली आवश्यक छ अहिलेको यो आधुनिकरण ले डी.एन.ए. प्रत्यारोपन वाट ३ वटा सम्म ब्यक्तिको डी.एन.ए.बाट प्रजनन् भई वच्चा बनाउन सकिने अवस्थाले झन विकराल समस्या सिर्जना गरिएको, सफलतम व्यक्तिको डी.एन.ए. सम्म प्रत्यारोपण गर्न सकिने भएको अवस्थामा यो सिकाई यही तरीकाले हामी नेपाल र नेपालीको शिक्षा प्रणालीमा कस्तो प्रभाव पर्ला सोच्न सक्छौ । अर्को एउटा कुरा डी.एन.ए. परिक्षणबाट अवको बालक के वन्न सक्ने छ । भन्ने वैज्ञानिक आधार सम्म तयार पारि सक्ने प्रविधि पश्चिमा तथा विकसित राष्ट्रमा त्यस देशका नागरिकले हामी नेपाली नागरिकलाई सर्लक्कै निल्न सक्ने अवस्था आईसक्यो । अब हामी त्यहि पर्खाल भित्रको सिकाइमा मात्र सिमीत अङ्क र ग्रेडमा सिमित भएको किताबको पानामा भएका शब्दहरुको भण्डारण भोलीका तथा आजको प्रतिस्पर्दा विश्व बजारसम्म पुग्न सक्ने सीपयुक्त, विश्वब्यापि रुपमा प्रभाव पार्न सक्ने ब्यक्तिहरुको उत्पादनमा कतिको सफल होला ? यो हाम्रो मुल मुद्धा भइसक्यो । हामी यस किसिमको विद्यार्थी उत्पादन गर्न सक्षम यस मानेमा सफल हुन्छौ कि जतिवेला वालकको आवश्यकता सिकाइको सरलता संग एकाकार गर्न सक्षम हुन्छौ । विद्यालय भित्र सिमित पारिएको शब्दव्यापी शिक्षाले मात्र यो मौषम रुपि तीव्र परिवर्तन, अस्थिर शिक्षा र ज्ञानसंग एकाकार हुन सक्दैन । सिमित पारिएका निश्चित पाठ्यक्रम निश्चित तहहरु निश्चित पारिएको समयले अस्थिर रुपमा हुने ज्ञानका नविनतम विस्फोटन र निस्तेजलाई बोकेर अगाडि बढ्न सक्दैन । हामी पाठ्यक्रम त परिमार्जन ठिक समयमा गर्न नसक्ने अवस्थामा रहेकोमा यो सिकाइ पद्धतिले ५ बर्षमा परिमार्जन र १० बर्षमा पुर्ण परिमार्जन गर्दा सम्म विश्वको ज्ञानको भण्डारणले फट्को मारीसकेको हुन्छ । अबका समयहरु छोटो प्राज्ञ कालका हुने हिसाबले छिटो–छिटो नविनतम प्रज्ञा कालखण्डमा प्रवेश गर्दै छन् । त्यसैले हामीले यसलाइ गम्भिर रुपमा लिन जरुरी छ । आजको सत्य समय सापेक्ष ज्ञान भोलिको निरिपेक्ष र असत्य हुन पुग्छ । त्यसैले हामी पुर्वकाल खण्डको सत्य सिकाइ रहदा हामी कसरी यो विश्व ज्ञानको भण्डारणमा प्रवेश गर्न सक्छौ ? त्यसैले मैले एक प्रसंग यहा“ उल्लेख गरेः– जब रसियाले १९५७ मा अन्तरिक्ष यान प्रक्षेपण गर्दा अमेरीकाको शिक्षा पद्धतिमा आएको हलचल र आमुल परीर्वतनले १९६२ मा ५ बर्षको अन्तरालमा पूर्णरुपमा अमेरीका पनि अन्तरीक्षयान प्रक्षेपन गर्न सफल भई सिकाइको नविनकालखण्डमा प्रवेश ग¥यो ।
हो हामी त्यहि चुकेका छौं नविनतालाई स्वीकार गर्ने तर एक्सन मा नजाने । यस किसिमको संस्कृतिले हाम्रो सिकाइलाई पुरातन, निकम्मा हुने अवस्था भएको ज्वलन्त उदाहरण बोरोजगारी, गरीबी, पछौटेपन र अविकसितता को पहाड छ हामी कहा“ । त्यो हाम्रो शिक्षा र सिकाई प्रणालीको प्रतिफल हो । त्यसको प्रत्यक्ष प्रभाव विकासमा परेको छ । खाडीमा पसिना चुहाउने घरमा सर्टिफिकेट सन्दुकमा ताला लगाएर राख्ने अवस्था हामी भोगीरहेका छौ“ । शिक्षाले सर्टिफिकेट दियो काम दिएन, सिप दिएन जीवन दिएन मात्र शब्दकोशको भण्डारण मात्र दियो । शब्दको माला लगाएर कलेज विताएका युवाहरु आज मजदुरको ज्याला थापेर परिवार पाल्न बाध्य भएका छन् । यस किसिमको शिक्षा प्रणालीले हामी नेपाली मर्माहित र दुःखी हुनु स्वभाविकता झल्कन्छ भने नया“ शिक्षा प्रणालीमा प्रवेश गर्नु हाम्रो अवसर हो । अहिलेको शिक्षा नविनतम प्रविधि अनुकुलन र जीवनउपयोगी शिक्षा हुन आवश्यक छ । विश्व बजारसंग प्रतिस्पर्धात्मक क्षमताको विकास त्यतिवेला हुन्छ जतिवेला विद्यार्थी आºनो गति, रुचि र innate power मा डुबेर आºनो सम्पूर्ण शक्ति लाई खर्च गरी सिकाइको महासागरमा एकाकार हुन सक्छ । सम्पूर्ण शक्ति ब्यक्तिले त्यतिबेला खर्च गर्न सक्छ । जो जसको लागी जन्मिएको हो त्यसको लागी मर्न पनि पछि पर्दैन । सिकाइको त्यहि चरणामा द्धार खुल्छ, जतिवेला उसले आफुलाइ चिनेर आफुभित्रको शक्तिलाइ प्रयोग गरी एउटा महान खेलाडी, महान दार्शनिक, महान कलाकार, महान नेता, महान डाक्टर, महान वैज्ञानिक, महान लेखक, महान सर्जक र महान प्रबचक त्यसरी नै बनेकाछन् विश्व इतिहासमा । हामी बालकले बन्न चाहेको क्षेत्रमा अभिभावक, शिक्षक, विद्यालय, निजि निर्माता, तथा कार्वान्वयनकर्ता सम्पूर्णको ध्यान एउटै दिशामा त्यही बालकको प्रतिभा अनुसारको सिकाइमा प्रसस्त अवसरहरु सिर्जना गर्नमा हुनुपर्दछ । नत्र हामीले अर्को किसिमको एउटै साइजका एउटै क्वालिटिको उत्पादन हुन्छ । जसवाट यो संसार चल्न मुस्किल छ ।
यदि हामीले निर्धारण गरेको पाठ्यक्रममा १०० प्रतिशत सिकाई हासिल गर्न विद्यार्थी सफल भएमा एउटै खालका बिद्यार्थी कति निस्कन्छन ? यो असम्भव किनकि सिकाइको विषयवस्तु एउटै भएता पनि त्यसको सिकाइ प्रकृतिमा फरकपन आउछ । त्यसैले त हरेक मान्छे एकै किसिमको छ । हरेक मान्छे खास एक किसिमकोछ संसारमा । त्यसैले हामीले विद्यार्थीको सिकाइ आवृति त्यही क्षेत्रमा बढेको हुन्छ जुन ऊ बन्न चाहान्छ । जसको लागी बालक जन्मेको हो । हामी त्यहि पुग्न सकेमा हामी र हाम्रो भविष्य उज्जवल छ । सम्भव छ । सम्भव नभएको भने संसारमा पनि सम्भव हुन्छ भने हामी त्यहि बाटोमा बालक तथा सरोकारवाला जान जरुरी छ ।
कसरी ?
विश्व इतिहासमा जतिपनि सफल महान भएका व्यक्तिहरु छन ति व्यक्तिहरुको जीवनी हेर्दा तिनीहरुको सिकाइ सुरुवाति समय एकदम कमजोर थियो । मापदण्डको मुल्याङ्कनको आधारमा तिनीहरुको सिकाइ प्रवेश समय ६÷७ वर्षको उमेरमा Public School मा प्रवेश गरेका र सानो समयमा सिकाइमा अङ्कगणितीय र सिमात्मक मुल्याङ्गकनका आधारमा कमजोर सिकाइ उपलब्धी हासिल गरेको पाइन्छ । जव बालक विद्यालयमा प्रवेश गर्छ त्यस विद्यालयमा आºनो अस्तित्व खोजी रहेको हुन्छ । यो मानवको प्रकृति प्रदत गुण हो । अनि एउटा निश्चित गरिएको पाठ्यक्रम अनुसार शिक्षणको साङलोले त्यसलाई वाधिन्छ । अनि उसको विद्यालय आमाबुवा, शिक्षक र सिकाई प्रति घृणाभाव सिर्जना हुन्छ । त्यो त्यसरी थचारीन्छ कि उसमा भविष्यमा पढाइप्रति र प्रतिक्रिया प्रति डर सृर्जना हुन जान्छ । संसारमा सिकाइका दुई वटा मुख्य धारहरु थिए ।एउटा मलाई बालक देउ म उसलाई मैले चाहेजस्तो बनाइदिन्छु । भन्ने यन्त्रवादि सोच अर्को बालकले ज्ञान आफैले बोकेर ल्याएको हुन्छ त्यस ज्ञानलाई अभिव्यक्त गर्ने काम वातावरणले तयार गर्छ भन्ने यि दुई वटा धारहरुको सार यी दुवै धार अतिवादबाट ग्रसित भएर अहिले नविनतम धारको सिर्जना भएको छ । त्यो हो ५० प्रतिशत वातावरणको यन्त्रवादिको र ५० प्रतिशत प्रकृतिवादको प्रभाव सिकाइमा रहेको हुन्। भन्ने नविनतम सिद्धान्तबाहिर प्रचलित भएको छ । अबको हाम्रो धारणा भनेको कस्तो हुनुप¥यो भने बालकलाई सिकाइप्रति हुने Irritation वाट र प्रतिभाको विचलन हुनबाट बचाउनु प¥यो भने प्रकृतिवादिहरुवाट Innate Power र भैतिकवादि या यन्त्रवादिहरुबाट Innate Power लाई अभिव्यक्त गर्ने वातावरणको सिर्जना गरीदिनु प¥यो । जस्तो उदाहरणको रुपमा एउटा कुनै विउ संग उम्रने क्षमता हुन्छ तर उक्त विउ उम्रन उपयुक्त तापक्रम आद्रता आदि चाहिन्छ । अव वालकको सिकाई क्षमतालाई विउ सम्झेर उक्त क्षमता प्रस्फुटन हुने खालको वातावरण तयार पारीदिने कार्य हो । हामी अभिभावक शिक्षक, विद्यालय र सरोकारवालाहरुले बालकका आधारभूत कुरालाई लत्याएर गएको परिणामको फल स्वरुप क्षणिक सफलता प्राप्त हुने तर कालान्तरमा त्यसको प्रतिफल बालकमा असफल जीवन भोग्न बाध्य हुने र अवस्था नकारात्मक परिणाम आउने गर्छ । त्यस किसिमको वातावरण तयार पार्न अभिभावक, शिक्षक, शिक्षा, नीतिनिर्माता र शिक्षा प्रणाली प्रति चासो राख्ने सम्पूर्ण सरोकारवालाले बयान दिन जरुरी छ ।
एउटा अनुसन्धानले के बतायो भने बालक विद्यालयमा प्रवेश गर्दा ऊ स“ग ९४ प्रतिशत सिर्जनशिलता सहित विद्यालय प्रवेश गर्छ र विद्यालय शिक्षा पूरा गरी सक्दा उसले ५० प्रतिशत सिर्जनशिलता मात्र हुन्छ र कलेज सकिसक्दा २० देखि ३० प्रतिशत सम्म सिर्जनशिलतामा युवक कलेज पार गर्दछ । यस बाट हामी के बु¤न जरुरी छ भने हामीले बालक माथीको अधिक कृत्रिमतावादबाट उसको क्षमता मायाको दमन यति गर्छौं कि त्यो भनि साध्य नै रहेनछ । त्यस्ता बालक भोलि महान हुने भए की, जो विद्यालय शिक्षा पुरा गरी सक्दा पनि आºनो आत्मज्ञानलाई र अन्तर निहित तेजभावलाई बचाउन सफल भए । त्यसैले विद्यालयमा बच्चालाई अतिवादको सिमावाट बचाउन सक्नु हाम्रो चुनौति भइसकेको छ यस सन्दर्भमा वालकृष्ण समको एउटा स्लोक काफी छ “पढाउछु भनि गर्व गर्छौ भने गुरु गएर एउटा चिल्लो ढुङ्गालाई पढाउनुहोस”त्यसैले यदि बालक खालि कागजहो भने, हामीले एउटै किसिमको शिक्षा प्रणाली र मापदण्डले किन फरक फरक क्षमता भएको जनशक्तिको उत्पादन गर्छ ? हामी यति बुझौ कि प्रत्येक बालक व्रहमाण्डको एक अस्तित्वको खजाना लिएर जन्मिएको हुन्छ त्यो अस्तित्व खोज्न बालकलाई उपयुक्त वातावरण तयार पारीदिएमा अवश्य आºनो अस्तित्व भेटाउने छ । त्यहीहो शिक्षाको सिकाइ धार, अनि शिक्षा प्रणालीको महान भार, मानव जीवनको महान सार ।
किन ?
वालकले देखेको अस्तित्व र खोजेको सिकाइ प्राप्त गर्न यस पद्धतिमा होमीनु हामी र हाम्रो सिकाइ पद्धतिको चुनौति रहेको अवस्थामा यस किसिमको वातावरण तयार गर्न कठिन छ र त प्रश्न चिन्ह लागेको छ हाम्रो सिकाइ प्रति । विकसित मुलुकले त्यतिकै विकास गरेका होइन्न भन्ने कुरा हामी प्रस्ट हुनुपर्छ । त्यस देशको शिक्षा र सिकाइ प्रणाली प्रती नियाल्ने बानीको विकास गरी देशको र प्रत्येक व्यक्तिको जीवन सफल पार्न यस प्रणालीमा जान जरुरी छ । अभिभावक शिक्षक शिक्षाका नीति निर्माता, नियामक निकाय चिन्तित छौ शिक्षाको परीमाण प्रति तर सिकाइ पद्धतिमा आमुल नविनतम प्रणाली विद्यालयको भौतिक र शिक्षकको क्षमतामा मापन अनि नियामक निकायमा मात्र सिमित छ । बालक प्रति र सिकाइमा प्रवेशनै गरेका छैनौ त्यहि सिकारुमा प्रवेश गर्न नसक्दाको परिमाण हो हाम्रो यो अवस्था र यसको अन्त्य जति बेला सम्म गरीदैन त्यति बेलासम्म न हामी सफल हुन्छौ नत हाम्रो जीवन नै सफल हुन्छ विद्यालय पस्दैमा महङगो भवनमा सयर गर्दैमा महङगो फि दिदैमा वा लिएमा बालकले परिक्षामा १०० प्रतिशत प्राप्त गर्दैमा त्यसको भविष्य उज्जवल हुने भन्न सकिने आधार छैन, विल गेट्स कलेज छाडेर पनि विश्वका धनि व्यक्ति सफल व्यापारी बन्न सफल भएको, Poulo Coilho बुवाआमाको इच्छामा वकिल भएको तर depression भै अन्त्यमा आºनो प्रकृतिमा फर्केर विश्वविख्यात साहित्यका हस्ती हुन सके । महात्मा गान्धि तेस्रो दर्जाका विद्यार्थी महान नेता भएको ज्वलन्त उदाहरण हामी संग छन् । त्यसैले महान बन्ने बालकलाई विद्यालयले त रोकेको छैन त्यसैले विद्यालयको सोच हामी अभिभावकको सोच पनि परिवर्तन मुखी हुन जरुरी छ विश्व को २० औ“ शताब्दीका सक्षम धनि ब्यक्तिको रुपमा सुचिकृतको रेकर्ड मा तपाइले १० जनामा ८ देखि ६ जना सम्म साधारण लेखपढका ब्यक्तिहरु भेटाउनु हुनेछ । त्यसबाट हामी के सिकौ भने महान बन्ने ब्यक्तित्व यदि विकास गर्नु छ भने बालकलाई सिकाइको स्वतत्रता प्रदान गर्नु हामी सबैको साझा अपेक्षा नै नविनतम शिक्षा सफलताको साझा धार हो ।
सिकारु प्रकृति वातावरण सफलता
माछा पौडीने पानी …..