राष्ट्र सेवक सहकारीको २५ औँ साधारणसभा सम्पन्न


सुर्खेत, ९ मंसिर ।
राष्ट्र सेवक बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतको २५ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार वीरेन्द्रनगरमा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा संस्थाका अध्यक्ष चन्द्र प्रसाद कंडेल प्रस्तुत गर्नुभएको गत आर्थिक बर्षको प्रगति तथा आगामी बर्षको कार्यक्रम तथा कोषाध्यक्ष लाल बहादुर खत्रीले प्रस्तुत गर्नुभएको आय व्यय पारित भएको छ। साधारणसभा कर्णाली प्रदेशसभा सदस्य टेकराज पछाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि पछाईले सहकारीको मूल्यमान्यता अनुसार काम गर्न उत्पादन तथा रोजगारी सिर्जना गर्ने कार्यमा लगानी गर्न आग्रह गर्नुभयो । कार्यक्रममा विभिन्न सम्मान तथा पुरस्कार पनि वितरण गरिएको थियो ।