शिक्षकहरुलाई विद्यार्थी मनोसामाजिक परामर्श तालिम प्रदान


सुर्खेत, १५ मंसिर । सुर्खेतका तिन पालिकाका विभिन्न विद्यालयमा शिक्षकहरुलाइ विद्यार्थी मनोसामाजिक परामर्श तालिम दिईएको छ । कर्णाली मानसिक स्वास्थ्य कार्यक्रम अन्तरगत अस्ट्रेलियन एड, सिबिएमको सहयोगमा सिएमसि नेपालको आयोजनामा उनिहरुलाई ५ दिने मनोसामाजिक परामर्श तालिम दिईएको हो । तालिममा भेरीगंगा नगरपालिका, सिम्ता गाउँपलिका र बराहताल गाउँपालिकाका शिक्षक तथा विद्यालय नर्सको सहभागिता रहेको थियो । ५ दिने तालिम पश्चात अवका दिनमा बालबालिकाहरुको समस्यालाई पहिचान गरी मनोपरामर्षका माध्ययमबाट उपचार गर्न सहज हुने शिखर मावि रामघाटकी विद्यालय नर्स बबिता रावले बताउनुभयो । विद्यालयमा विद्यार्थीको मनोसामाजिक समस्याको पहिचान गर्ने, विद्यालयमा मनोसामाजिक तथा मानसिक स्वास्थ्यको प्रवर्दन गर्ने लक्षका साथ तालिम संचालन गरिएको सिएमसि नेपालमा कार्यरत मनो चिकित्सक सुमिता मल्लले जानकारी दिनुभयो ।
प्छिल्लो समय विद्यार्थीहरुमा उदासिनता, भावनात्मक तथा व्यावहारिक समस्या देखिएको बताउँदै मनोचिकित्सक मल्लले पाठ्यक्रममा पनी मानसिक स्वास्थय तथा मनोसामाजिक सुस्वास्थ्य सम्वन्धी विषयहरु नसमेटिएको कारण विद्यार्थीलाई मनोपरामर्श सोवा आवश्यक रहेको उहाँको भनाई रहेको छ ।