संघीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको ः सरोकारवाला

मंसिर २७, सुर्खेत । नेपालमा संघीयता अभ्यासको लामोसमय भैसक्दा पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको कर्णालीका सरोकारवालाले बताएका छन् ।
आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मध्यपश्चिम विश्वविद्यालय निति प्रयोगशालद्धारा, दिगो र संमावेसी संघीयता पर्वद्धनका लागि राष्टि निति संवाद कार्यक्रममा सहभागी विज्ञ, जनप्रतिनिधि, संघसंस्थाका प्रमुखहरुले कार्यान्वन प्रभावकारी नहुदा आम नागरिकले आशा गरेका धेरै कुरा पाउन नसकेको बताएका हुन् ।
कर्णाली प्रदेश सभाका पुर्व सदस्य पद्मा खड्काले संघीयतामा समावेशीकरण भएपनि सही तरिकाले कार्यन्वयन हुन नसकेको र संविधानले भने बमोजिम वित्तीय संघीयता नभएको बताउनुभयो । संघियताले व्यवस्था बद्ले पनि अवस्था बद्ल्न नसकेको समेत बताउनुभयो ।
यस्तै, डा.गोविन्द्रराज पोख्ररेलले आर्थिक आवश्यकताबाटै मानिसको विकास भएको भन्दै सोचमा परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । सहभागिताको लोकतन्त्र, गतिशिल अर्थतन्त्र र सन्तुलित सामाजिक सुरक्षामा ध्यान दिनुपर्ने बताउनुभयो । सरकारले निति, निमार्ण गर्दा सोच बदल्नुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्द बहादुर सिंहले संविधानमा लेखिए बमोजिमको संघीयताको अझै अभ्यास नभएको तर्क गनुभयो । उहाँले विकासको लागि कर्णालीमा प्रसस्त सम्भावना रहेको भन्दै सरकारले विद्युतिकरण, औद्योगिकरण, पर्यटक, शिक्षा र स्वास्थमा जोड पिदुपर्नेरहेको बताउनुभयो ।
यस्तै, कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयका प्रमुख सचिव चूडामणि पौडेलले केन्द्रीकृत्त मानसिक्तामा परिवर्तन नभएसम्म संघियताको कार्यन्वयन हुन नसक्ने बताउनुभयो । उहाँले निति कार्यन्वयन गर्न नसक्दा सम्म संघियता संस्थागत बन्न नसक्ने दावी गर्नुभयो ।
प्रमुख सचिव पौडेलले प्रदेश सरकार र विश्वविद्यालय संयुक्तरुपमा (निति प्रयोगशाला) निमार्णगरी राम्रो कामको सुरुवात गरेको भन्दै आगामि दिनमा कसरी अगाडि बढ्ने भन्ने कुरा सोच्नु पर्ने बताउनुभयो ।