अदालतमा प्रभावकारी बन्दै मिलापत्र (अन्तरवार्ता)

सुर्खेत, २६ असार (जागरण) । पछिल्लो समय अदालतमा दर्ता हुने अधिकांश मुद्दाहरुमा मिलापत्र हुने गरेको छ । पक्ष र विपक्षलाई अदालतको फैसलाबाट निर्णय गराउनुभन्दा मिलापत्रबाट दुबै पक्षले जित्ने गरी अदालतले मुद्दाको किनारा लगाउन थालेको हो ।
अदालतमा रहेको मेलमिलाप समितीले पक्ष र विपक्षलाई मिलापत्रमार्फत मुद्दाको टुंगो लगाउन थालेपछि दुबै पक्षले जित्ने गरेका हुन् ।
अदालतले फैसला गर्दा एउटा पक्षले जित्ने र अर्को पक्षले हार्ने गरी आदेश आउने गर्दछ । तर मेलमिलापका कारण दुबै पक्षले जित्ने र समाजमा सद्भाव कायम हुने विश्वाससहित अदालतले मेलमिलापलाई प्राथमिकता दिएको जिल्ला अदालत सुर्खेतका प्रमुख न्यायधीश मेदिनीप्रसाद पौडेलले बताउनुभयो ।

जिल्ला अदालत सुर्खेतले चालु आर्थिक वर्षमा १५ वटा मुद्धालाई मेलमिलाप गराएको छ । यसैबिच, अदालतमा हुने मेलमिलाप र मुद्दाको फैसलामा भएको प्रगतिबारे जिल्ला अदालत सुर्खेतका प्रमुख न्यायधीश मेदिनीप्रसाद पौडेलसँग कुराकानी गरेका छौँ । उहाँलाई जागरणकर्मी मुना हमालले सबैभन्दा पहिला अदालतले मुद्दाको फैसला गर्नेहो तर यहाँहरुले किन मेलमिलापलाई प्राथमिकता दिनुभयो ? भनेर सोध्नुभएको छ । सुन्नुस् यो कुराकानी (अडियो) ।