नेपाल अंग्रेजी भाषा शिक्षक संघ कर्णाली प्रदेशको नयाँ नेतृत्व चयन

मंसिर ३०, सुर्खेत । नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) कर्णाली प्रदेशको साधारण सभा तथा दोस्रो अधिवेशन सुर्खेतमा भएको छ । आज संघले एक औपाचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा तथा अधिवेशन गरेको हो ।
अधिवेशनले नयाँ नेतृत्व समेत चयन गरेको छ । संघले धनीराम शर्माको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
जसको बरिष्ठ उपाध्यक्ष चित्र बहादुर खत्री, उपाध्यक्ष महेश शाही, महासचिव डेकेन्द्र कुमार दाहाल, सचिव प्रकाश जैसी, सदस्यता सचिव शेर बहादुर खड्का, कोषाध्यक्षमा खगेन्द्र बहादुर शाहीलाई चयन गरेको छ ।
संघको सदस्यहरुमा राजकुमार शर्मा, लक्ष्मी प्रसाद वास्तोला, टिका तामाङ, पार्वती कुमारी पोख्ररेल, यज्ञ प्रसाद शर्मा, नमराज पौड्याल, रामचन्द्र रेग्मी, नरेन्द्र बहादुर शाही, प्रकाश शाही, खगेन्द्र भट्टराइ रहकेका छन् ।
यस्तै, पदेन सदस्यमा, दलबहादुर शाही, शंकर रावल, डिल्लिराम आचार्यलाई चयन गरेको अध्यक्ष्य धनीराम शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा (नेल्टा) का केन्द्रीय बरिष्ठ उपाध्यक्ष डा. लक्ष्मन ज्ञवालीले नेल्टाको बारेमा जानकारी दिदै शिक्षकहरुको पेशागत व्यवसायिक दक्षता अभिवृद्धि गरी शैक्षिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु रहेको बताउनुभयो ।
उहाँले नेपालमा अंग्रेजी भाषा शिक्षण तथा प्रवद्र्धनमा नेल्टा जस्तो पेशागत संगठनले देशी तथा विदेशी विषय विज्ञहरुको सहयोगमा विभिन्न तालिम, कार्यशाला र सम्मेलनहरु सञ्चालनमार्फत अंग्रेजी भाषा शिक्षकहरुको ज्ञान सिप र अनुभवलाई निर्खानमा सहयोग पु¥याइरहेको बताउनुभयो ।
कर्णाली प्रदेशका अहिले दैलेख, सुर्खेत र रुकुम पश्चिमगरी तिनवटा जिल्लामा शाखाहरु रहेको (नेल्टा) कर्णाली प्रदेशले जनाएको छ ।