अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा नेवारे स्कुल प्रथम


सुर्खेत । अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा अमर ज्याती माद्यामिक विद्यालय नेवारे प्रथम भएको छ ।
विद्याज्योती निकेतन स्कुलले वीरेन्द्रनगरमा आयोजना गरेको उक्त कार्यक्रममा अम्मर जेती मावी प्रथम आयोजक विद्यालय विद्याज्योती निकेतन बतिय, ह्युरिस्टिक स्कुल तथा रिसर्च सेन्टर तृतिय र नेरा मावी डाँडा स्कुलले सान्त्वना स्थान प्राप्त गरेका छन् । सरकारी विद्यालयका ३ र संस्थागत तर्फका २ र नेश्नल प्याब्सनका ५ गरी जम्मा १० वटा विद्यालयले प्रतियोगितामा भाग लिएका थिए । कार्यक्रममा नेश्नल प्याब्सनका कर्णाली प्रदेश सचिव दिपेन्द्र राज खनाल, सुर्खेत जिल्ला अध्यक्ष गायत्री राना, विद्याज्योती सहकारी संस्थाका अध्यक्ष रेशम खत्री, विद्याज्योती निकेतनका अध्यक्ष विष्णु प्रशाद शर्मा, सेडा प्रालीका प्रधानाध्यापक महेन्र केसि लगाएतको उपस्थिति रहेको थियो ।