मृगौला रोगी देवीसरा रावलद्वारा सहयोगको अपिल

पौष १० सुर्खेत । दुवै मृगौला फेल भएकी हुम्लाको खार्पूनाथ गाउँपालिका २ थालीकी देवीसरा रावलले उपचारका लागि सहयोगको अपिल गर्नुभएको छ । ६ महिनायता काठमाडौंको विर अस्पतालमा उपचारत २७ वर्षीया रावलले अहिलेसम्म उपचार गर्दा आफ्नो सबै सम्पत्ति सकिएको भन्दै जीवन बचाइदिन सबैसँग याचना गर्नुभएको हो । पीडितका परिवारजन र आफन्तले उपचारमा सहयोग जुटाउने पहल गरिदिन सबैसँग आग्रह गरेका छन् ।
पीडितका अंकल गणेश रावलले दुवै मृगौला प्रत्यारोपण गर्न १५ लाख रुपैयाँ खर्च लाग्ने बताउनुभयो । ‘आर्थिक अवस्था कमजोर भएकाले परिवारले यतिको रकम जुटाउन असम्भव भएर सहयोगका लागि गुहार्नु परेको छ । देवीसराको उपचार गर्दा अहिलेसम्म ४ लाख रुपैयाँ खर्च भइसकेको बताउनुभयो ।
रावलको अहिले रकम अभावले मृगौला डाइलाइसिस भइरहेको छ । उहाँका अनूसार चिकित्सकले जतिसक्दो चाँडो मृगौला प्रत्यारोपण गर्न सल्लाह दिएको छन् ।
पीडित रावललेलाई सहयोगका लागि श्रीमान हर्क रावलको मोबाइल नम्बर ९८४९३६४६३५ वा पीडितका अंकल गणेश रावलको ९८४८२२६९१२ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।