प्रहरीको गोली लागि दैलेखका सुजन सहित दुई जनाको मृत्यु

काठमाण्डौ ,१३ पौष । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर ललितपुरको बालकुमारीमा युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको गोली लागि दैलेखका सुजन रावत सहित दुई जनाको मुत्यू भएको छ ।

शुक्रवार ललितपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएको हो । ज्यान जानेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताउनु भयो ।

उहाँले आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचारका क्रममा ज्यान गएको बताउनु भयो । ज्यान जानेमा सुर्खेतका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेको पनि उहाँले बताउनु भयो । वीरेन्द्र साहको ठेगाना भने डोटी वा अछाम भन्ने स्पष्ट भइ नसकेको उहाँको भनाइ छ । प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै गाडीमा आगजानी गरेका थिए ।

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले शुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए ।