कर्णाली प्रदेश सरकारद्धारा गाईभैसी कल्याण सम्बन्धी मापदण्ड जारी

पुष १४, सुर्खेत । कर्णाली प्रदेश सरकारले गाईभैसी कल्याण सम्बन्धी मापदण्ड, २०८० जारी गरेको छ ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आज आयोजना गरेको डेरी पशुका लागि पशु कल्याण मापदण्ड कार्यान्वयन सम्बन्धि मिडिया ब्रिफिग कार्यक्रममा उक्त मापदण्ड जारी गरेको जनाएको हो ।
कार्यक्रममा मन्त्रालयका सचिव नरहरि प्रसाद घिमिरेले यही पुष ४ गते देखि लागु हुनेगरी मापदण्ड जारी भएको बताउनुभयो ।
व्यावसायिक पशुपालकहरुबाट गाईभैँसि प्रति हुने निर्दयी व्यवहारमा रोकावट गरी पशुको उचित व्यावस्थापन, विकास र गुण्स्तर कायम गर्नका लागि मापदण्ड जारी गरिएको सचिव घमिरेल बताउनुभयो ।
सचिव घिमिरेका अनूसार पशु कल्याणको क्षेत्रमा दिगोपना सुनिश्चित गर्न नेपाल सरकार र सरोकारवाल निकायहरुमा आवश्यक समन्वय गर्दै राज्यको नीतिगत क्षेत्रमा पशु कल्याणका विषयहरुको समावेस गर्न स्नेहाज केयरले गरिरहेको प्रयासमा नेपाल फार्मर्स एडभाईजरी काउन्सिल समेत जोडिएको छ ।
उहाँले स्नेहाज केयर र नेपाल फार्मर्स एडभाईजरी काउन्सिल समेतको सहकार्यमा प्रदेश कृषि मन्त्रालयले जारी गरेको मापदण्डले कर्णालीको व्यावसायिक पशुपालनमा कोशेढुङ्गा सावित हुने विश्वास लिइएको बताउनुभयो ।
यस्तै, मापदण्डमा दूध उत्पादनका लागि पालिका पशु बाहेक भाववहन प्रयोजनका लागि प्रयोग गरिने वहर, गोरु राँगा, भार तान्ने बाहेक थारो र अनुत्पादक पशुप्रति गरिने व्यावहार एव अपनाइने विधिबारे उल्लेख गरिएको छ ।