
सुर्खेत २१ पुस ।
बैंक, बिमा तथा बित्तीय क्षेत्र कर्मचारी संघ, नेपाल (बिफु -नेपाल )कर्णाली प्रदेशको अध्यक्षमा प्रदिपराज शर्मा चयन हुनुभएकाे छ ।
आज वीरेन्द्रनगरमा सम्पन्न प्रथम अधिबेशनबाट शर्माकाे नेतृत्वमा प्रदेश समिति चयन भएकाे हाे । समितिकाे उपाध्यक्षमा सम्झना केसी, सचिवमा भरत साउद, काेषाध्यक्षमा पंख प्रसाद आचार्य र सहकाेषाध्यक्षमा ललित बराल चयन हुनुभएकाे हाे । यस्तै रुक्मिणि खराल, टंक प्रसाद भट्टराई,नम्रता चपाई, भरत कुमार सिंह, अजित कुमार सिंह, मनाेज लामिछाने र जनकराज उपाध्याय सदस्यमा चयन हुनुभएकाे छ ।
