वीरेन्द्रनगरमा लैसअसास सम्वन्धी साझा कार्यशाला सम्पन्न


सुर्खेत, २२ पौष ।
लैगिंक समानता अपाङ्गता तथा सामाजिक समावेशिकरणको नतिजाका बारेमा वीरेन्द्रनगरमा साझा कार्यशाला गरिएको छ । शनिवार वीरेन्द्रनगर नगरपालिकाकोे आयोजना अस्ट्रेलियन एड तथा द एसिया फाउन्डेसनद्वारा संचालित स्थानिय सरकार सवलिकरण कार्यक्रम तथा दलित महिला केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा दलित महिला केन्द्रकी केन्द्रीय अध्यक्ष लक्ष्मी परियारले लैसअसास परिक्षणका उदेश्यहरु, महत्व, वीरेन्द्रनगर नगरपालिकाको लंैसअसास सम्बन्धि मुख्य उपलब्धीहरुका बारेका जानकारी गराउनु भएको थियो ।
स्थानिय तहको संस्थागत संरचना र कार्यक्रमहरुमा महिला, अपाँगता भएका व्यत्तिहरु, लक्षित वर्ग र सीमान्तकृत समूहहरुलाई समावेशी गरी लैंङ्गिक समानता र सवैको अर्थपुर्ण सहभागिता गराई, लैंङ्गिक अन्तरहरुको प्रभावलाई सम्बोधन गर्दै लैंङ्गिक मूलप्रवाहिकरण र सशक्तिकरण गर्दै लैजाने, स्थानिय सरकारका सवै कार्यक्रम, योजना र आयोजनाको प्रत्येक चरणमा लैसअसास दृष्टिकोणबाट अनुगमन तथा मुल्याङ्खन गर्ने र यसलाई संस्थागत गर्दै लैजाने परियारले बताउनुभयो । नीति, कानुन, योजना जारी गर्नु भन्दा अगाडी लैंसअसासका दृष्टिले उपयुक्त भए नभएको बारेमा लेखाजोखा गर्ने गरेको, लैसअसास निति निर्माण तथा कार्यान्वयनमा आएको, नीति र योजनामा लैसअसास विकास सम्बन्धी विषयहरु (स्थानीय कानुन, नीति, आवधिक र वार्षिक योजनामा भएका नीतिहरु) समावेश गरेको, सामाजिक विभेद अन्त्य गर्ने सम्बन्धी आचार संहिता बनाउने क्रममा रहेको उहाँको भनाई रहेको थियो ।
महिला र पुरुषमा श्रमको ज्यालामा विभेद रोक्ने प्रावधान रहेको, औपचारीक काममा भने विभेद नभएको, नगरपालिकाको योजनाहरु महिला, बालबालिका बञ्चितिकरणमा परेको समुहरुलाई प्रत्यक्ष लाभ पुग्ने गरि बनाईएको, शासन व्यवस्थालाई बढिभन्दा वढि जनमुखी, जनमैत्री तथा जनता केन्द्रित बनाउन पालिकाबाट प्रवाह गरिने सेवाहरु तथा स्वयं नगरपालिकालाई सुशासन तथा उत्तरदायी बनाउने प्रयासहरु गरिरहेको, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण, सार्वजनिक सुनुवाई, नियमित पत्रकार भेटघाट र सूचनाको सार्वजनिकीरण कार्यक्रममा बञ्चितिकरणमा परेका व्यक्ति तथा समुदायका सदस्यको उपस्थिति हुने गरेका उहाँले बताउनुभयो ।
नियमितरुपमा समग्र वार्षिक योजना तथा कार्यक्रमको सार्वजनीक गर्ने र सबै सरोकारवालाहरुले जानकारी पाउने गरी सुसुचित गर्ने गरेको, अनुगमन तथा मुल्यांकनबाट सिकेका पाठहरु कार्यक्रम तथा योजना तर्जुमाको बेला समावेश गरेको, संघ र प्रदेश सरकारहरूले तय गरेका नीति, कानून तथा कार्यक्रमहरूको कार्यान्वयनमा सहकार्य, समन्वय र सहजीकरण गर्ने गरेको परियारले जनाकारी दिनुभयो ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख निलकण्ठ खनाल, सामाजिक विकास समितीका संयोजक टिका घले विभिन्न वडाका वडा अध्यक्षहरु द एसिया फाउन्डेसका प्रदेश संयोजक विशाल आचार्य, दलित महिला केन्द्र सुर्खेत कार्यक्रम संयोजक धर्मा सुवेदी लगाएतको सहभागिता रहेको थियो ।