मध्यपश्चिम विश्व विद्यालयले सुरु गर्याे पेपरलेस सेवा, मध्यश्यपश्चिम विश्व विद्यालयबाट अरूले पनि सिक्नुपर्ने पूर्व प्रधानमन्त्री ओलीकाे सुझाब

सुर्खेत, ५ माघ । मध्यपश्चिम विश्व विद्यालयले प्रविधिमा आधारित प्रणाली डिजिटलाइजेशन एण्ड अटोमेशन सिस्टम (एमयू ड्यास) काे सुरूवात गरेकाे छ । विध्यार्थी भर्नादेखि नतिजासम्म र सम्पूर्ण प्रशासनिक काम अनलाइनबाटै गर्न सकिने एमयू ड्यासकाे आज पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षदल नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले उद्घाटन गर्नुभएकाे हाे । साेही क्रममा ओलीले डिजिटलाईजेशनमा मध्यपश्चिम विश्वविद्यालयले गरेकाे सुरूवात अरूले पनि सिक्नुपर्ने बताउनुभयाे ।

उहाँले मध्यपश्चिम विश्वबिद्यालय नमूना विश्वविद्यालयका रूपमा अगाडी बढ्ने विश्वास समेत व्यक्त गर्नु भयाे । यस्तै अध्यक्ष ओलीले डिजिटल नेपाल बनाउनका लागि आफूले नागरिक एप, एक्सन रूम, पेपरलेस मन्त्रिपरिषद लगायत थुप्रै सुरूवात गरेकाे तर अहिलेकाे सरकारले त्यसलाई अघि बढाउन नसकेकाे दाबि गर्नुभएकाे छ । साेही क्रममा ओलीले मध्यपश्चिम विश्वविद्यालयमा नवनिर्मित भवनहरूको उद्घाटन गर्नुभएकाे छ । ओलीले विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको सुर्खेतमा पुगेर ती भवनहरूकाे उद्घाटन गर्नुभएकाे हाे। ओलीले विश्वविद्यालयको विद्यालयको स्कुल अफ मेनेजमेन्ट (मुसुम) को नवनिर्मित भवनको उद्घाटन सँगै उक्त भवनमा सञ्चालन हुने कर्णाली आदिवासी ज्ञान, सीप तथा प्रविधि सम्बन्धी संस्थाको पनि शुभारम्भ गर्नुुभएकाे छ । विश्वविद्यालयलाई पेपरलेस बनाउन ४ वर्षदेखि भएको प्रयासले सार्थकता पाएकाे बताउदै उपकुलपति नन्द बहादुर सिंहले एमयू ड्यास विश्व विद्यालयकाे विकासमा काेषेढुङ्गा सावित हुने बताउनुभयाे ।