तलब नपाएपछि जाजरकोटका स्वास्थ्यकर्मी आन्दोलित, अस्पतालका सबै सेवा ठप्प

जाजरकोट, २६ असार (जागरण) । तलब नपाएको भन्दै जाजरकोट अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीे आन्दोलित भएको छन् । उनीहरुले आजदेखि अस्पतालका सबै सेवा ठप्प पारेका छन् ।
पाँच महिनादेखि तलब नपाएको भन्दै स्वास्थ्यकर्मीहरुले आन्दोलन गरेको दुई साता बितिसक्दा पनि सम्बन्धित निकायले चासो देखाएको छैन ।
दुई साताअघि कालो पट्टी बाँधेर विरोधमा उत्रिएका स्वास्थ्यकर्मीले गत आइतबारदेखि आकस्मिक सेवाबाहेक सबै बन्द गरेर विरोधमा उत्रिएका थिए ।
जिल्ला अस्पतालमा ५७, नगरपालिकामा ३४ स्वास्थ्यकर्मी र कर्मचारीले समयमा तलब भत्ता पाउन नसकेका हुन् ।
मन्त्रालयबाटै पैसा निकासा नभएको भन्दै नगरपालिकाले उनीहरुलाई रकम नदिएपछि तलब खान समस्या भएको हो ।