मुगुको खत्याड गाउँपालिकामा आगलागी हुँदा दुई जनाको मृत्यु

माघ २२, मुगु । मुगुको खत्याड गाउँपालिका–२ गोडेखोलामा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । गएराति भएको आगलागीबाट तीन वटा घर जलेका छन् ।
लालके संज्याल, दीपक संज्याल र सन्दीप संज्यालको घर पूर्ण रुपमा जलेको वडाअध्यक्ष हेमराज मल्लले जानकारी दिनुभयो । आगलागीबाट लालके संज्यालका छोरा १४ वर्षका विशाल संज्याल र छोरी १२ वर्षकी झरना संज्यालको मृत्यु भएकोे छ । राति लागेको आगो स्थानीय बासिन्दाको सहयोगमा आज बिहान मात्र निभाइएको छ ।