वीरेन्द्रनगरका युवाहरुलाई जिवन उपयोागी सिप विकास तालिम

माघ २९, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरका युवाहरुलाई जिवन उपयोागी सिप विकास तालिम प्रदान गरिएको छ । समाज जागरण केन्द्र (स्याक) नेपाल र सेभ द चिल्ड्रेन द्वारा संचालित  POWER4AY परियोजना अन्तरगत ३० जना युवाहरुलाई तालिम प्रदान गरिएको हो । वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा संचालन गरिएको तालिमका सहभागि युवाहरुले यस तालिमले आफुहरुलाई भविष्यमा उद्यमी बन्नका लागी हौसला प्रदान गरेको सहभागि शुसिला विकले बताउनुभयो ।
यस्तै अर्का सहभागी खगेन्द्र मर्साङ्गीले यस तालिमबाट आफुमा केहि गर्ने उत्साह बढेको बताउनुभयो । यस्तै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नगर उपप्रमुख निलकण्ठ खनालले उद्यमी बन्न चाहाने र मेहनत गर्ने युवाहरुलाई स्थानय सरकारले सहयोग गर्ने बताउनुभयो । अहिले बैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या बढ्दै गएको भन्दै नगर उपप्रमुख खनालले स्थानिय स्तरमा विभिन्न सिपमुलक तालिमहरु लिई स्वदेशमै बसेर पनी राम्रो उद्यमी बन्न सकिने बताउनुभयो ।
यस तालिम पश्चात यसै परियोजना मार्फत केही युवाहरुलाई ५ दिनको लघु उद्यम विकास तालिम प्रदान गर्ने र अन्यलाई विभन्न प्रकारका ३ महिने सिप विकास तालिम प्रदान गरिने परियोजनाका कार्यक्रम संयोजक तेज सोनामले जानकारी दिनुभयो । स्याक नेपालकी अध्यक्ष मिना तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १२का वडा अध्यक्ष चुडामणी चपाँई, वडा नम्वर १० वडा अध्यक्ष डिल बहादुर रखाल, POWER4AY परियोजनाका कार्यक्रम संयोजक  तेज सोनाम,परियोजना फोकल पर्सन नवराज  खड्का, तालिमका प्रशिक्षक हरी कोलाईराला लगाएको सहभागिता रहेको थियो ।