प्रि–बजेट छलफलका लागि प्रतिनिधि सभामा प्रस्ताव पेस हुँदै

फागुन १४, काठमाण्डौ । प्रतिनिधि सभाको आजको बैठकमा आउँदो आर्थिक वर्षको बजेटसम्बन्धी छलफलका लागि प्रस्ताव पेस हुने भएको छ । प्रि–बजेट छलफलका सुझाव बजेटमा समावेश गर्न मिल्ने गरी सरकारले गरेको नीतिगत व्यवस्थाअनुसार आज प्रि–बजेट प्रस्ताव पेस हुन लागेको हो ।
आज प्रस्तुत हुने प्रि–बजेट छलफल प्रस्तावमाथि आउँदो २१ देखि सांसदहरूले दलीय आधारमा छलफल गर्नेछन् । प्रि–बजेट छलफलका लागि फागुन २१, २२, २३ र ३० गतेको समय निर्धारण गरिएको छ । संसद्मा लामो छलफल भए पनि त्यसका सुझाव बजेटमा समावेश नहुने यसअघिको परम्परा हटाउन सरकारले अध्यादेशमार्फत बजेटको समयतालिका परिमार्जन गरेको हो ।
नयाँ व्यवस्थाअनुसार बजेटको सिद्धान्त तथा प्राथमिकता सरकारले फागुनभित्रै संसद्मा पेस गर्नुपर्नेछ । त्यसपछि संसद्ले चैत १५ भित्रै सरकारलाई सुझाव पेस गर्नुपर्ने व्यवस्था छ ।