कर्णाली प्रदेशको तेस्रो अधिवेशन आह्वान

२३ फागुन, सुर्खेत । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गर्नुभएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा यही फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको थियो ।
मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुख ले तेस्रो अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिनुभयो ।
प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) तथा प्रदेश सरकारको (कार्यसम्पादन) नियमावली, २०७४ को नियम २४ बमोजिम यही फागुन ३० गते दिउँसो ३ बजे बस्ने गरी तेस्रो अधिवेशन आह्वान गरेका हुन् ।