विषादीमुक्त सप्ताह अन्तर्गत कर्णालीमा विविध कार्यक्रम गरिने


सुर्खेत, २३ फागुन ।
विषादीमुक्त सप्ताह अन्र्तर्गत कर्णाली प्रदेश सरकाले विविध कार्यक्रम आयोजना गर्ने भएको छ ।
फागुन २४ भोलीदेखि ३० गतेसम्म सञ्चालन हुने विषादीमुक्त सप्ताह अन्तर्गत विविध कार्यक्रम सञ्चालन गर्न लागिएको हो । सप्ताह अन्तर्गत सर्वप्रथम भोली विहान ७ बजे बुलबुले कृषि बजारबा वीरेन्द्रनगरबाट ¥याली सुरु गरी बजार परिक्रमा गरिनेछ । त्यस्तै विषादीको प्रयोगका असर तथा प्राङ्गारिक एवं जैविक खेतिका फाइदा बारे प्रचार प्रसारगरी सन्देश प्रवाह गर्ने, वीरेन्द्रनगरका विभिन्न विद्यालयमा अभिमूखिकरण गर्ने, हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ । आज भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा मन्त्रालयका सचिव डा. नरहरी प्रसाद घिमिरेको संयोजकत्वमा बसेको सरोकारवालाहरुको बैठकले सप्ताहव्यापी कार्यक्रमको तय गरेको हो ।
बैठकमा सहभागी कृषि मन्त्री भीमप्रकाश शर्माले अर्गानिक कर्णाली प्रदेश बनाउने प्रदेश सरकारको लक्ष्य रहेकाले सप्ताहव्यापी कार्यक्रमले त्यसमा टेवा पुग्ने बताउनुभयो । विषादीमुक्त सप्ताहका सन्दर्भमा कार्यक्रमहरु सुरु गरिएपनि ती कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिएर प्राङगारी खेती प्रबद्र्धन गर्ने योजना रहेको मन्त्री शर्माले बताउनुभयो ।

विषादीमुक्त सप्ताहको यस बर्षको राष्ट्रिय नारा ‘खातक बिषादीमुक्त संंसार, स्वस्थ जीवन र पर्यावरणको आधार’ भन्ने रहेको छ ।