चालकलाई आराम गर्न ‘रिफ्रेस सेन्टर’

सुर्खेत, २७ असार (जागरण) । सवारी दुर्घटना रोक्न कर्णाली प्रदेशका विभिन्न जिल्लामा रिफ्रेस सेन्टरहरु स्थापना गरिएका छन् । लामो दुरीमा यात्रा गर्दा चालकहरु थकित हुने र सवारी दुर्घटनाको जोखिम बढेपछि रिफ्रेस सेन्टरहरु स्थापना गरिएको हो ।
कर्णाली राजमार्गअन्तर्गत दैलेखको राकम, कालिकोटको मान्म र जुम्लाको रारालिहीमा रिफ्रेस सेन्टरहरु स्थापना गरिएका छन् । यस्तै, सल्यानको कपुरकोट स्थापना भईसकेको छ भने रत्न राजमार्गअन्तर्गत छिन्चुमा पनि रिफ्रेस सेन्टर स्थापनाको काम चलिरहेको छ ।
कर्णाली प्रदेशलाई सवारी दुर्घटनामुक्त प्रदेश बनाउनका लागि जनचेतना अभियान संचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका अनुसार राजमार्ग र सडक छेउमा स्थापना गरिएका रिफ्रेस सेन्टरमा सवारी साधन रोकेर चालकलाई कम्तिमा आधा घण्टा आराम गर्न लगाईने छ ।
यसै विषयमा केन्द्रित रहेर हामीले प्रदेश प्रहरी कार्यालयका एसपी वीरबहादुर वलीसँग कुराकानी गरेका छौँ । उहाँलाई जागरणकर्मी दीपेन्द्र ओलीले सबैभन्दा पहिला रिफ्रेस सेन्टर स्थापना गर्नुको उदेश्य के हो ? भनेर सोध्नुभएको छ । सुन्नुस् यो कुराकानी (अडियो) ।