मष्टा मन्दिर बनाउन चन्दले दिए एक लाख सहयोग

सुर्खेत ५ चैत ।
चिंगाड गाउँपालिका वडा नं ३ का प्रेम चन्दले मष्टा देवताको मन्दिर निर्माणका लागि एक लाख एक हजार ११० रुपैँया सहयोग गर्नुभएको छ ।
अमन टुर एण्ड ट्राभल्सका सञ्चालक चन्दले आफ्नो जन्म थलोमा पाइले मष्टाको मन्दिर निर्माणका लागि उक्त सहयोग गर्नुभएको हो । स्वर्गिय बुवा दत्तु चन्दको सम्झनामा कुल देवताको मन्दिर बनाउन सहयोग गरेको चन्दले बताउनुभयो । चन्दले आफ्नी आमा मार्फत सोमबार मन्दिर निर्माण समितिलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको स्थानीय अमर चन्दले जानकारी दिनुभयो । पाइले मष्टा मन्दिर निर्माणका लागि चिङ्गाड गाउँपालिकाले पाँच लाख रुपैँया दिएको छ भने बाँकी रकम स्थानीयले सहयोग जुटाएर निर्माण थालिएका छन् । हालसम्म व्यक्तिगत तवरबाट सबै भन्दा बढी रकम चन्दले दिनुभएको छ ।