यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई ) मा कर्णालीबाट ३५ हजार ८ सय बढी विद्यार्थी सहभागी हुदैँ

चैत ९, सुर्खेत । यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि कर्णाली प्रदेशमा एक सय ८६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका अनुसार प्रदेशमा एक सय ८६ वटा परीक्षाबाट ३५ हजार ८ सय ८ जना विद्यार्थी सहभागी हुने भएका हुन् ।
(एसईई) मा नियमितर्फ ३३ हजार ८ सय ४२ र ग्रेड वृद्धीमा एक हजार एक सय ४० जना विद्यार्थी सहभागी हुँने निर्देशनालयका सुचना अधिकारी लोक प्रसाद पौडेलले कर्णाली रैबारसँग बताउनुभयो ।
सुचना अधिकारी पौडेलका अनुसार परीक्षा केन्द्रको आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिने र सुरक्षाकर्मीदेखि कर्मचारी परिचालनका लागि प्रत्येक जिल्लाको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिले गर्ने व्यवस्था गरिएको छ ।
उहाँले परिक्षालाई मर्यादित र शान्तिपूर्ण बनाउन प्रत्येक परीक्षा केन्द्रमा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष, निरिक्षक, कार्यलय सहयोगी, सुरक्षाकर्मी गरी कर्णालीमा ६ हजार ८२ जना खटाइउको बताउनुभयो ।
उहाँले परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र कर्णाली प्रदेशका सबै परीक्षा केन्द्रमा पुगिसकेको र एसईई सञ्चालनमा लाग्ने खर्च पनि सबै जिल्लामा पठाइ सकिएको बताउनुभयो । कर्णाली प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएको छ । पछिल्ला तीन शैक्षिक सत्रको तथ्याङ्क अनुसार प्रदेशमा प्रत्येक वर्ष एसइईका परीक्षार्थीको सङ्ख्यामा कमी आएको छ ।
शिक्षा विकास निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेशको कुल विद्यार्थी सङ्ख्या मात्रै नभएर जिल्लागत रूपमा हेर्दा पनि अधिकांश जिल्लामा परीक्षार्थी सङ्ख्या घट्दै आएको छ । यो वर्ष जाजरकोट र डोल्पाबाहेकका अन्य आठ जिल्लामा विद्यार्थी घटेका छन् ।
प्रदेशको कुल विद्यार्थी सङ्ख्या मात्रै नभएर जिल्लागत रूपमा हेर्दा पनि अधिकांश जिल्लामा परीक्षार्थी सङ्ख्या घट्दै आएको छ । यो वर्ष जाजरकोट र डोल्पाबाहेकका अन्य आठ जिल्लामा विद्यार्थी घटेका छन् ।