एमाले सुर्खेतले तोक्यो पालिका इन्चार्ज र पालिका अधिवेशन


सुर्खेत, २३ चैत ।
नेकपा एमाले सुर्खेतले जिल्लाका नौ वटै पालिका इन्चार्ज तोकेको छ । एमाले जिल्ला कमिटि सुर्खेतको आज बसेको पहिलो बैठकले जिल्ला कमिटि सदस्यहरुबाट पालिका इन्चार्ज तोक्ने लगायत विविध निर्णय गरेको हो ।
वीरेन्द्रनगर नगरपालिकामा पूर्ण प्रसाद पौडेल, भेरीगंगामा यज्ञ प्रसाद ढकाल, लेकवेशी नगरपालिकामा शान्ति कुमारी छन्तेल, गुर्भाकोट नगरपालिकामा तिलक बहादुर खत्री, पञ्चपुरी नगरपालिकामा तुल बहादुर सहकारीकालाई इन्चार्ज तोकेको छ । यस्तै चिंगाड गाउँपालिकामा बोधविक्रम जिसी, सिम्ता गाउँपालिकामा दीर्घ बहादुर मल्ल, बराहताल गाउँपालिकामा डम्मर बहादुर गरंजा र चौकुने गाउँपालिकामा गोपाल बुढा क्षेत्रीलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।


बैठकले जिल्लाका नौवटै पालिका कमिटिको अधिवेश मिति पनि तय गरेको जिल्ला कमिटि सचिव डम्बर प्रसाद तिवारीले जानकारी दिनुभयो । सचिव तिवारीका अनुसार बराहताल गाउँपालिकाको अधिवेशन १५ र १६ गते, वीरेन्द्रनगर नगरकमिटिको अधिवेशन बैशाख १९ र २०, चौकुनेको २४ र २५ गते तथा सिम्ताको २७ र २८ गते तोकिएको छ । यस्तै जेठ ३ र ४ गते गुर्भाकोटको, ६ र ७ गते चिंगाडको, ९ र १० गते भेरीगंगाको तथा १२ र १३ गते लेकवेशी नगरपालिका कमिटीको अधिवेशन तोकिएको सचिव तिवारीले बताउनुभयो ।


वैठकले २३ सदस्यीय सचिवालय पनि गठन गर्ने निर्णय गरेको छ । सचिवालयमा पाँच पदाधिकारीसहित १८ जना सदस्यलाई समावेश गरिएको छ । सचिवालय सदस्यमा गंगाराम तिमिल्सेना, पूर्णप्रसाद पौडेल, गंगाराम सुनार, यज्ञप्रसाद ढकाल, तुलबहादुर सहकारी, बोधविक्रम जिसी, सूर्य बहादुर रावत, डण्ड बहादुर विश्वकर्मा, तिलक बहादुर खत्री, भूपेन्द्र दर्लामी, दीर्घ बहादुर मल्ल, कृष्ण प्रसाद गौतम, गोपाल सिं बुढा क्षेत्री, टिका कुमारी अधिकारी, निर्मला राना मगर, रत्न बहादुर बुढा, डम्मर गरंजा मगर र शान्ति कुमारी छन्तेल रहनुभएको छ ।
जिल्ला कमिटि अध्यक्ष कुलमणि देवकोटाको अध्यक्षतामा बसेको पहिलो बैठकले नवौँ जिल्ला अधिवेशनको समिक्षासहित सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ भने आम्दानी खर्च अनुमोदन गरेको छ। साथै पार्टी सदस्यता नविकरण, मातहतका कमिटिलाई लेबी निर्धारण, आर्थिक कार्ययोजनासहितको बार्षिक योजना निर्माण लगायतका प्रस्ताव पारित गरेको छ । साथै भोली सचिवालय बैठकवसी विभाग प्रमुख तोक्ने जनाइएको छ ।