बाङ्गेसिमलमा नर्सिङ्ग होम सञ्चालन


सुर्खेत, ७ बैशाख ।
सुर्खेतको वीरेन्द्रनगर स्थित बाङ्गेसिमल बजारमा पहिलो पटक नर्सिङ्ग होम सञ्चालन भएको छ ।
वीरेन्द्रनगर एरिचोकमा रहेको सुर्खेत हस्पिटल प्रा.लि.ले शुक्रबारदेखि बाङ्गेसिमलमा जिपि मेमोरीयल नर्सिङ्ग होम सञ्चालन गरेको हो । नर्सिङ्ग होमको औचारिक उद्घाटनपछि शुक्रबारदेखि सेवा दिन थालिएको छ । नर्सिङ्ग होमबाट २४ सै घण्टा इमरजेन्सी सेवा, ओपिडी सेवा, ल्याब सेवा, इको, भिडियो एक्सरे, अप्रेसन, ल्याब तथा फार्मेसी सेवा प्रदान गरिने सुर्खेत हस्पिटल प्रालिका प्रबन्धक भक्त बहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार नर्सिङ्ग होममा विशेषज्ञ चिकित्सकहरुबाट विभिन्न रोगको उपचार सेवा प्रदान गरिनेछ ।
वीरेन्द्रनगर वडा नं. १ का अध्यक्ष दिनेश खत्री, वडा नं. २ का अध्यक्ष गज बहादुर बुढा, संरक्षक रुपा सापकोटा, प्रवन्ध निर्देशक रवि सापकोटाले नर्सिङ्ग होमको संयुक्त रुपमा उद्घाटन गर्नु भएको छ । वडा नं. १ का अध्यक्ष दिनेश खत्रीले बाङ्गेसिमल क्षेत्रमा पहिलो पटक नर्सिङ्ग होम खुलेको भन्दै यसबाट वडावासीलाई लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष खत्रीले आगामी दिनमा अझै सेवाहरु थप्दै कर्णाली प्रदेशकै उत्कृष्ट नर्सिङ्ग होमका रुपमा विकास गर्न अध्यक्ष खत्रीले शुभकामना दिनुभयो । यस्तै वडा नं. २ का अध्यक्ष गजबहादुर बुढाले वडा नं. १ र २ को सेन्टरका रुपमा रहेको बाङ्गेसिमलमा नर्सिङ्ग होम स्थापना हुनुले यहाँको बजार विस्तारमा समेत टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा डा.राजु राई, सशस्त्र प्रहरी गण बाङ्गेसिमलका प्रहरी नायव उपरिक्षक विकासभक्त श्रेष्ठ लगायतले शुभकामना मनतब्य राख्नुभएको थियो । उदघाटनका अवसरमा निशुल्क रुपमा सुगर प्रेसर लगायत स्वास्थ्य जाँच गरिएकाे थियाे ।