जुम्लामा भोलिदेखि अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन

बैशाख २१, जुम्ला । जुम्लामा अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको आयोजना हुने भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र संयुक्त राज्य अमेरिकास्थित म्यासाचुसेट्स अस्पतालको आयोजनामा वैशाख २२ र २३ गते सम्मेलन हुन लागेको हो ।
‘सबैको मानसिक स्वास्थ्यका लागि नवप्रवर्तन तथा सहकार्य’ नारासहित सम्मेलन गर्न लागेको प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले जानकारी दिनुभयो । मानसिक समस्याले विश्वमै विकराल रूप लिन थालेकाले सम्मेलन आयोजना गरिएको उहाँले बताउनुभयो ।
हार्डवर्ड मेडिकल कलेजका सहप्राध्यापक तथा म्यासाचुसेट्स अस्पतालका मानसिक रोग विशेषज्ञ डा. श्रीधर पौडेललेविश्वमा १३ प्रतिशत मानिस मानसिक समस्याबाट पीडित रहेको बताउनुभएको छ ।