एक सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राख्ने सरकारको निर्णय

वैशाख २१, काठमाडौं । सरकारले एक सय रुपैयाँको नोटमा रहेको नक्सा परिवर्तन गर्ने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सयको नोटमा नेपालको चुच्चे नक्सा प्रयोग गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभयो । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले सो स्वीकृति प्रदान गरेको हो ।