वैशाख, २४ सुर्खेत । कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल नियुक्त हुनुभएको छ ।
हमाललाई मुख्यमन्त्री यामलाल कँडेलले आज मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो । नवनियुक्त मुख्य न्यायाधिवक्तामा हमालले पद तथा गोपनियताको शपथसमेत लिर्नुभएको छ । उहाँलाई प्रदेश प्रमुख तिलक परियारको रोहवरमा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश लोहितचन्द्र शाहले शपथ ग्रहण गराउनुभएको छ ।
दैलेखको दुल्लु नगरपालिका–३, मालिकामा जन्मिएका हमाल हाल वीरेन्द्रनगर–५ मा बस्दै आएका छन् । २०४३ सालदेखि वकालतमा लागेका हमाल २०७३ मा वरिष्ठ अधिवक्ता बनेका थिए ।
