लैङ्गीक समानता तथा सामाजीक समावशीकरण मैत्री बजेट निर्माण गर्न कार्यशाला संचालन


सुर्खेत । प्रभावकारी र समावेशी सुसासन सुदृढीकरण, लैङ्गीक समानता तथा सामाजीक समावशीकरण मैत्री बजेट निर्माण प्रक्रिया, योजना प्राथमिकिकरण र कार्यान्वयन सम्वन्धी कार्यशाला संचालन गरिएको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा सोमबार महिला कार्यापालिका सदस्य र मंगलबार नगरपालिकाका दलित महिला तथा महिला जनप्रतिनिधीहरुका लागी अष्ट्र«ेलियन एड र द एसिया फाउन्डेसनको स्थानिय सरकार सवलीकरण कार्यक्रमको सहयोगमा दलित महिला केन्द्र नेपालको आयोजनामा कार्याशाला संचालन गरिएको हो ।
आगामी आर्थिक वर्ष २०८१÷८२ को योजना तर्जुमा गर्दा लैङ्गीक समानता तथा सामाजीक समावशीरण मैत्री बजेट निर्माण तथा कार्यान्वयन होस भन्ने उद्देश्यले कार्याशालाको आयोजना गरिएको द एसिया फाउन्डेसन कर्णाली प्रदेशका कार्यक्रम संयोजक विशाल आचार्यले जानकारी दिनुभयो । आगामी आर्थिक वर्षको बजेट निर्माणमा यस कार्यशालाले टेवा पुग्ने विश्वास लिईएको दलित महिला केन्द्र नेपालका फिल्ड अधिकृत धर्मा सुवदीले बताउनुभयो ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रशासन प्रमुख टंक प्रकाश लामिछाने, वडा स्तरमा योजना तर्जुमा गर्दा सहभागितामुलक योजना निर्माण र कार्यान्वयनमा जनप्रतिनिधीहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । यस्तै, लामिछानेले स्थानिय स्रोत साधनको प्रयोग गर्ने गरी योजना तर्जुमा गर्न सुझाव दिदैँ, आगामी योजना तथा बजेट तर्जुमा गर्दा नागरिकको घर आँगनमा स्थानिय सरकार आएको अनुभुती हुने गरी योजना बनाउनु पर्नेमा जोड दिनुभयो । कार्यशालाको सहजीकरण वीरेन्द्रनगर नगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत प्रकाश पौडेलले गर्नु भएको थियो, भने कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका सम्पुर्ण वडाका दलित महिला तथा महिला जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।