साविकको मध्यपश्चिमका सबै जिल्ला खुला दिसामुक्त घोषणा (अन्तरवार्ता)

सुर्खेत, २८ असार (जागरण) । साविकको मध्यपश्चिमका १५ वटै जिल्ला खुला दिसामुक्त घोषणा भएका छन् । आज बाँके जिल्लालाई घोषणा गरिएसँगै मध्यपश्चिमका सबै जिल्ला खुला दिसामुक्त घोषणा भएका हुन् ।
जिल्ला खानेपानी सरसफाई तथा स्वाच्छता समन्वय समिति बाँकेको आयोजनामा बाँके जिल्लालाई देशको ५७ औँ जिल्लाको रुपमा खुल्ला दिसा मुक्त घोषणा गरिएको हो ।
यसैबिच, क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतले लामो प्रयासपछि साविकको मध्यपश्चिमका सबै जिल्ला खुला दिसामुक्त घोषणा गर्न सफल भएको जनाएको छ । योसँगै अब कर्णाली प्रदेशमा पुर्ण सरसफाईयुक्त अभियानलाई तिव्रता दिईने कार्यालयले जनाएको छ ।
यसै सन्दर्भमा रहेर हामीले क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतका सिनियर डिभिजनल ईन्जिनियर आविद हुसैनसँग कुराकानी गरेका छौँ । उहाँलाई जागरणकर्मी चाँदनी कठायतले सबैभन्दा पहिला हामीले खुला दिसामुक्त घोषणा भएसँगै यसको कार्यान्वयनको अवस्था के छ ? भनेर सोध्नुभएको छ । सुन्नुस् यो कुराकानी (अडियो) ।