बैशाख २६, सुर्खेत । जलवायू परिवर्तनले ल्याएको परिवर्तन संग कर्णाली प्रदेशले पनी संघर्ष गर्नु पर्ने बेला आएको उर्जा तथा जलस्रोत मन्त्री रणसिंह परयिारले बताउनु भएको छ ।
उत्थानशील समावेशी खानेपानी सरसफाई तथा स्वच्छता प्रणालीको माध्ययमबाट नेपालको जलवायु संकटासन्नता सम्बोधन गर्नेको निष्कर्षमा (अनुसन्धान परियोजना ) अन्तरगत प्रदेश स्तरिय अन्तरक्रिया कार्यशाला मन्त्री परियारले यस्तो बताउनु भएको हो । कर्णालीका नागरिकहरुले पिउने पानीको गुणस्तरियता मापन गर्न आवश्यक रहेको उल्लेख गर्दै मन्त्री परियारले जलवायु परिवर्तनका कारण परेको सम्स्याको अनुसन्धान गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य तथा सामाजिक विकास समितीका सदस्य कल बहादुर रावतले नेपालको जलवायू संकटासन्नता सम्बोधनका लागी तिनै तहका सरकारहरुको समन्वय अपरिहार्य रहेको बताउनुभयो । यस्तै गाउँपालिका तथा प्रदेश सकारकाले निति निर्माण गरी समुदाय स्तरमा जनचेतना अभिवृद्धी गर्न आवश्यक रहेको उहाँको भनाई रहेको थियो । कर्णाली प्रदेश सरकार समामाजिक विकास समितीका सभापती घनश्याम भण्डारीले जलस्रोलाई व्यवस्थापन गरी पानिका स्रोतको उच्चतम प्रयोग गर्न आवश्यक रहेको जिकिर गर्नुभयो ।
गाउँपालिका राष्ट्रीय महासंघ नेपाल कर्णालीका कोषाध्यक्ष तथा सिम्ता गाउँपलिका अध्यक्ष एन बहादुर चन्दले जलवायू परिवर्तनका क्षेत्रमा स्थानिय तथा प्रदेश सरकारले आगामी बजेट व्यवस्थापन गरी साझोदार संस्थाहरु संगको सहकार्यमा काम गर्नुपर्ने बताउनुभयो ।
कर्णालीको जलस्रोतलाई व्यवस्थापनमा प्रदेश सरकारले ध्यान दिनु पर्ने यस तर्फ प्रदेश सरकार जलस्रोत तथा उर्जा मन्त्रालयले विषेश कार्यक्रम बनाउन आश्यक रहेको उहाँले बताउनुभयो ।
गाउँपालिका राष्ट्रीय महासंघ नेपाल अस्ट्रेलिएन एड, एभरेष्ट कल्ब दैलेखको लगाएतका गैरसरकारी संस्थाहरुको सहयोग तथा साझोदारीमा कार्यक्रमको आयोजना गरिएको हो ।
