समाजवादको जग बसााल्ने गरी काम गर्न जनप्रतिनिधीलाई एमाले उपमहासचिव ज्ञवालीको सुझाव

बैशाख २६, सुर्खेत । समाजवादको जग बसााल्ने गरी काम गर्न स्थानिय तहका जनप्रतिनिधीहरुलाई एमाले उपमहासचिव एवं स्कुल विभागका प्रमुख प्रदिप ज्ञवालीले सुझाव दिनु भएको छ । आज स्थानिय तहमा निर्वाचित जनप्रतिनिधहरुका लागी कर्णाली प्रदेश स्तरीय प्रशिक्षण शिविर कार्यक्रमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
स्थानिय तहको सेवा प्रवाहलाई छिटो छरितो र प्रभावकारी बनाउनका लागी योजना तयारी गरी काम गर्न पनी उपमहासचिव ज्ञवालीले जनप्र्रतिनिीहरुलाई सुझाव दिनुभयो । योजना तय गरी कार्य गरेका कार्यक्षेत्रमा काम गर्न प्रशिक्षण शिविरले महत्वपुर्ण योगदान पु¥याउने बताउनुभयो ।
मुलुकको समृद्धी स्थानिय स्तरबाटै सुरु गर्नुपर्ने उल्ल्ेख गर्दै ज्ञवालीले समृद्धीका लागी नेतृत्व पनी रुपान्तरित हुनुपर्ने बताउनुभयो ।
यस्तै उपमहासचिव ज्ञवालिले पछिल्लो समय राष्ट्रिय राजनिती अनुकुल बन्दै गएको जिकिर गर्नुभयो । मुलुकमा राष्ट्रिय राजनितीको मुल मियोनै एमाले भएको अहिलेको सत्ता समिकरणले प्रमाणित गरेको ज्ञवालीले जिकिर गर्नुभयो ।
जनाता समाजबादी पार्टिको विभाजनले अहिलेको सरकारको स्थायीत्वको सुनिचिश्तताएको बताउँदेै उहाँले अहिले एमाले बामपन्थी एकता तथा धुर्विकरण गर्ने पक्षमा नरहेको बताउनुभयो ।