दैलेखमा चट्याङ लागेर पाँचजना घाइते

बैशाख २७ सुर्खेत । दैलेखमा बुधवार चट्याङ लागेर पाँचजना घाइते भएका छन् ।
नौमुले गाउँपालिका वडा नम्बर ६ मा रहेको शिवशक्ति माध्यमिक विद्यालयमा परेको चट्याङले घाइते भएका हुन् ।
घाइते हुनेहरूमा शिवशक्ति माध्यमिक विद्यालय कक्षा ५ मा अध्ययनरत छात्र ९ बर्षका विश्व बिकास रावत, ९ बर्षकै यामबहादुर चन्द कक्षा ७ मा अध्ययनरत छात्रा १३ वर्षकी लक्ष्मी गुरुङसहित दुई जना शिक्षक रमेश सिह ठकुरी र प्रेमबहादुर चन्द सामान्य घाईते हुनु भएको हो ।
यस्तै विद्यालयको भौतिक संरचनामा समेत क्षति पुगेको वडा अध्यक्ष लालबहादुर चन्दले बताउनुभयो ।