वैशाख २८, कालीकोट । कर्णाली करिडोर अन्तर्गत पचाझरना–८ सिजाबगरमा गए राति जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
सान्नीत्रिवेणी–३ मानेगडाबाट पलाता गाउपालिकाको घाटचौरतर्फ जाँदै गरेको ग ३ च ६५०६ नम्बरको जिप बिहीबार राति १० बजे दुर्घटना हुँदा पतालाका स्थानीय घाइते भएका हुन् ।
घाइतेमध्ये ६ जनालाई थप उपचारका लागि कालीकोट जिल्ला अस्पताल मान्मले आज बिहान सुर्खेत रिफर गरेको छ । जिप सडकबाट ५० मिटर तल भीरमा अडकिएको प्रहरीले जनाएको छ ।