शिक्षकलाई शिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुर्खेत । काठमाडौ बिश्वबिधालय (kU) र नेल्टा (NELTA)कर्णाली प्रदेश सुर्खेत को आयोजनामा An Interactive Teacher Education programme (शिक्षकलाई शिक्षा सम्बन्धि एक अन्तरकिर्या कार्यक्रम )सुर्खेत को विरेन्द्रनगरमा सम्पन्न भएको छ । उच्च माध्यमिक तह +2 मा अध्यापन गराउने विरेन्द्र नगरका विभिन्न बिधालयका अंग्रेज़ी र सामाजिक विषयका शिक्षकहरुलाई कार्यक्रम मा सहभागी छ। उक्त कार्यक्रम मा Acdemic writing (jaurnal articales) शैक्षिक लेखन सम्बन्धि विषयक मा काठमाडौ बिश्वबिधालयका प्राध्यापक कासी राज पाण्डेले सहजीकरण गर्नुभएको थियो। “यसैगरी बिधालय शिक्षामा आलोचनात्मक चेतना प्रयोग : के मिडिया साक्षरता सहायक हुन सक्छ? ” भन्ने विषयमा काठमाडौ बिश्वबिधालयका प्राध्यापक डाक्टर सुधमशु दाहालले सहजीकरण गर्नुभएको थियो । भने Art based activities (कलामा आधारित गतिविधि ) को सन्दर्भमा काठमाडौ बिश्वबिधालयका प्राध्यापक सागर मानन्धरले सहजीकरण गर्नुका साथै आफ्नो धारण राख्नु भयो को थियो । यसैगरी काठमाडौ बिश्वबिधालय कै अर्का प्राध्यापक राजकुमार मानन्धरले Bringing local music tranditions स्थानीय स्तर को संगितलाई प्रबर्द्धन गर्दै नयाँ पुस्तामा ल्याउनु पर्छ भन्ने विषयमा जोड दिनुभएको छ। उक्त अन्तरकृया कार्यक्रम नेल्टा ( NEALTA) कर्णाली प्रदेश सुर्खेतका अध्यक्ष धनिराम शर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।