जेठ १, सुर्खेत । उच्च अदालत सुर्खेतले आर्थिक वर्ष २०८०÷०८१ मा दर्ता भएकामध्ये वैशाख ३० गतेसम्म कुल ५ सय १८ वटा मुद्दा फर्छ्यौट गरेको छ । उच्च अदालत प्रशासनका शाखा अधिकृत खेमराज तिमल्सिनाका अनुसार ८ सय ४९ वटा मुद्दा दर्ता भएका थिए । तीमध्ये १६० वटा मुद्दा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका हुन् ।
उहाँका अनुसार यस आर्थिक वर्षमा उच्च अदालत सुर्खेतमा ७ सय ४४ मुद्दा दर्ता हुने अनुमान गरिएको थियो भने, ६ सय ५७ वटा मुद्दा फर्छ्यौट गर्ने अनुमान गरिएको छ ।
यस वर्ष फर्छ्यौट भएका मुद्दाहरुमध्ये जिम्मेवारी सरेर आएका १ सय ३७ र नयाँ दर्ता भएका ३ सय ८१ वटा रहेका छन्।अदालतले कैफियत प्रतिवेदन यो वर्ष परेका ८५ रिट निवेदनमध्ये ५२ वटा फर्छ्यौट भएका छन् । यस्तै ८५ वटा निवेदन परेको सबै फर्छ्यौट भएको अदालतले जनाएको छ ।
उच्च अदालतमा रहेको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०८०÷८१ को वैशाख ३० गतेसम्म जबर्जस्ती करणी सम्बन्धि मुद्दा १ सय ६४, कर्तव्य ज्यान, सवारी ज्यान, ज्यान मार्ने उद्योग सम्बन्धि मुद्दा १ सय १३ वटा, लागुऔषध सम्बन्धि ५१ वटा, बहुविवाह तथा बालविवाह सम्बन्धि मुद्दा ४७ वटा र सम्बन्धविच्छेदका मुद्दा १६ वटा दर्ता भएका छन् ।
