सुर्खेत हस्पिटलमा निःशुल्क महिला तथा पुरुष बाँझोपन शिविर सञ्चालन हुने

जेठ १९ सुर्खेत । काठमाडौँ महाराजगञ्ज स्थित एन्जल फर्टिलिटी क्लिनिक र सुर्खेत हस्पिटलको सहकार्यमा आउँदो जेठ ५ गते निःशुल्क ओपिडी शिविर सञ्चालन हुने भएको छ।

महिला तथा प्रसुति रोग तथा निसन्तान रोग विशेषज्ञ डाक्टर माला श्रेष्ठ र भ्रूण विशेषज्ञ प्रिती बिष्टद्वारा चेक जाँच तथा परामर्श हुने शिविरमा निःशुल्क निसन्तान परामर्श पुरुष बाँझोपनको जाँच गर्भ तुहिने र गर्भ नरहने समस्याको परामर्श दिने अस्पताल व्यवस्थापक भक्तबहादुर शाहीले बताउनु भयो ।

शाहीले भने सम्भवत कर्णाली प्रदेश मा पहिलोपटक हुन लागेको शिविरमा निसन्तान दम्पतिहरूले जाँच तथा परामर्श सेवा लिन सकिने जानकारी दिनु भयो ।