भुकम्प प्रभावित सात सय परिवारलाई स्याक नेपालद्वारा राहत वितरण

जेठ २, सुर्खेत । जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा – ६ मा आज भुकम्प प्रभावित ७०० भन्दा बढी परिवारका लागि एक हजार ३ सय भन्दा बढी सेट हरुमा राहत वितरण गरिएको छ ।
प्लान इन्टरनेसनलको साझेदारीमा समाज जागरण केन्द्र (स्याक) नेपालले वडा कार्यालय संग सहकार्य गरेर वितरण गरेको हो । वितरण आज र भोलि सम्म चल्नेछ ।
आज वडा अध्यक्ष वीरेन्द्र खड्काको अध्यक्षतामा नलगाड नगरपालिका वडा न ६ ले एक औपचारिक कार्यक्रम गरि वितरण सुरु गरेको हो । कार्यक्रममा प्लान इन्टरनेसनलको तर्फ बाट रमेश धिमिरे, स्याक नेपालको कार्यसमिति सदस्य अकबर खान, कार्यपालिका सदस्य कुमारी बिक लगाएत को उपस्थिति रहेको थियो ।
दुई वटा बिधालय श्री वीरेन्द्र प्रा. बि. का ठड जना र श्री कालिका आधारभूत बिद्यालय का १२६ जना बालबालिकाहरुका लागि करिब ३ हजार ५ सय बराबर को बिधालय कीट अभिभावक मार्फत वितरण गरियो ।
त्यसैगरि घर परिवारका लागि सरसफाई लगाएतका अतिआवश्यक सामान ३२४७ रुपैया बराबरको एक सय परिवार लाई वितरण गरियो ।
गर्वबति तथा सुत्केरीहरुका लागि पोषण युत्त पौस्टिक आहार सहितको ३११० रुपया बराबरको २५० जनालाई वितरण गरेको छ ।
त्यसै गरि जेष्ठ नागरिक तथा परिवारका लागि बलान्केट, सुईटर, टोपी र अन्ने लत्ताकपडा सहित ९ हजार ५ सय ८२ रुपया बराबरको २५० घरपरिवार वितरण गरेको छ ।
भुकम्पले क्षेती भएका घर उत्खनन तथा पुनर्निर्माण मा प्रयोग हुने बेल्चा, सब्बल, आरा, हतौडा, पिलास लगाएतका सामाग्री सहितको २ हजार ६०० बराबरको २५० सिकर्मी डकर्मी हरुका लागि वितरण गरिएको स्याक नेपालका जाजरकोट कार्यक्रम संयोजक रेशम चन्दले जानकारी दिनु भयो ।
महिला तथा किशोरी हरुका लागि सरसफाइ लगाएत अतिआवश्यक ३ हजार ८ सय ८१ रुपया बराबरको १०० जना लाई भोलि वितरण गरिने चन्द ले जानकारी दिनु भयो ।
जाजरकोट तथा रुकुमपश्चिम का विभिन्न पालिकाहरुमा यसरिनै वितरण गरिने स्याक नेपालका कार्यसमिति अकबर खान ले बताउनु भयो ।
२०८० कार्तिक १७ गतेको भुकम्पले जाजरकोट र रुकुमपश्चिम मा १५७ भन्दा बढिको मृत्यु भएको थियो भने हजारौं को संख्यामा प्रभावित भएका थिए ।
जाजरकोट र रुकुमपश्चिममा बिगत देखिनै प्लान इन्टरनेसनल संग को साझेदारीमा स्याक नेपाल राहत तथा पुन निर्माणको काममा काम गरिरहेको स्याक नेपाल का कार्यकारी निर्देशक टिकाराम आचार्यले जानकारी दिनु भयो ।
यश अधि विभिन्न ठाउँमा अस्थायी सिकाई केन्द्र, सामुदायिक खानेपानी, जिबिकोपार्जनमा पनि काम गरिरहेको आचार्य बताउनु हुन्छ ।