सुर्खेत, ५ जेठ ।
दलित महिला संघले कालिकोटमा सञ्चालन गरेको ‘हाम्रो आवाज हाम्रो रोजाई’ परियोजनाबाट लक्षित दलित, महिला र युवाको सशक्तिकरण भएको परियोजनाले जनाएको छ ।
संघले आज सुर्खेतमा आयोजना गरेका पत्रकार भेटघाट कार्यक्रममा परियोजनाबाट प्राप्त उपलब्धि बारे जानकारी गराएको हो । २०७९ देखि कालिकोटमा लागू गरिएको परियोजनाले नागरिक समाज संस्थाहरुको परिचालनबाट नागरिक अधिकार प्राप्तमा सहयोग पु¥याएको परियोजनाकी राष्ट्रिय पैरवी संयोजक सावित्री वि.क.ले जानकारी दिनुभयो । संयोजक वि.कका अनुसार परियोजनाको सहजिकरणपछि कालिकोटको ३ वटा पालिकामा दलित सशक्तीकरण ऐन निर्माण भएको छ । यस्तै खााँडाचक्र नगरपालिकाको वाड नम्बर १ मा जातीय छुवाछुतमुक्त घोषणा सम्बन्धी कार्यविधि तयार भएको केही मन्दिरहरुमा दलितहरुलाई पनि प्रवेश गर्न दिइएको महिला संजालको अगुवाईमा नरहरीनाथ गाउँपालिकाका वडा नं. ८ र ९ लाई मदिरामुक्त क्षेत्रा घोषणा भएको उहाँले जानकारी दिनुभयो । यस्तै महिला समूह लगायत नागरिक समाज संस्थाहरुको अगुवाईमा सामुदायिक भवन निर्माण भएको, दलिक्षत समुदायका विधार्थीलाई कक्षा ११ र १२ मा निशुल्क अध्यापन गराइएको पालिकाबाट लक्षित समुदाय बजेट विनियोजन गरेको जनाइएको छ ।
परियोजनाबाट ७६ जना युवा मानव अधिकार रक्षक तयार भई त्यसको जिम्मेवारी पत्र पालिकालाई हस्तान्तरण भएको छ । परियोजना खााँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, नरहररनाथ गाउाँपालिका र सान्नीत्रिवेणी गाउाँपालिकामा लागू गरिएको छ ।
कार्यक्रममा दलित महिला संघ की कर्णाली प्रदेश अध्यक्ष मञ्जु सुनारले समुदायमा अझै पनि विभेद र नागरिक अधिकार कुण्ठित गर्ने व्यवहार कायमै रहेका बताउँदै त्यसको अन्त्यका लागि सचेत वर्ग सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले जातिय छुवाछुत विभेद अन्त्य तथा सिमान्तकृत समुदायको अधिकार पैरवीका लागि संघले परियोजना भए पनि नभएपनि अभियान जारी राख्ने बताउनुभयो ।