प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज चौथो पटक विश्वासको मत लिदै

जेठ ७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चौथो पटक आज विश्वासको मत लिने तयारी गर्नुभएको छ । आइतबार बेलुका संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने उल्लेख छ ।
जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन वैशाख ३१ गते फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिन लार्नुभएको हो । कार्यसूचीमा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्नुहुने र उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने उल्लेख छ ।
जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन वैशाख ३१ गते फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिन लाग्नुभएको हो । यस अगाडि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिनका लागि व्यवस्था मिलाउन संघीय संसद् सचिवालयलाई पत्र पठाउनुभएको थियो ।
संविधानको धारा १०० को उपधारा (२)मा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न १३८ सांसदको समर्थन आवश्यक पर्छ ।
संसदको गतिरोध कायम रहेको,नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भएकाले त्यस अगावै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । जेठ १ गते सरकारले नीति तथा कार्यक्रमा ल्याएको छ तर छलफल हुन सकेको छैन । जेठ १५ गते बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ ।
आइतबारको बैठकमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले कांग्रेस उठाएका प्रश्नको जवाफ दिएपछि सोमबारसम्म स्थगित भएको छ । सरकारमा हाल एमाले (७८ सभामुखसमेत),माओवादी केन्द्र (३०), रास्वपा (२१), जसपा (७), एकीकृत समाजवादी (१०) सहभागी छन् । नागरिक उन्मुक्ति र र स्वतन्त्र तीन सांसदको समर्थन रहेको छ ।