जाजरकोट, २८ असार (जागरण) । जाजरकोटको जुनिचाँदे गाउँपालिकामा रहेको सामुदायिक स्वास्थ्य इकाइ कार्यालय सहयोगीको भरमा चलेको छ ।
त्यो इकाइ बैशाख ५ गते देखि कार्यालय सहयोगी नरबहादुर बस्नेतको भरमा सञ्चालन हुँदै आएको हो ।
इकाइमा कार्यरत अहेब लोकेन्द्र बस्नेत कार्यालयमा उपस्थित नभएपछी आफैंले बिरामी जाँच्नेदेखि औषधि वितरणसम्मको काम गर्दै आएको बस्नेतले बताउनुभएको छ ।
इकाइमा दैनिक ३० जनाभन्दा बढी बिरामी आउने गरेको कार्यालय सहयोगी बस्नेतले बताउनुभउको छ । तर, उपचारको अभावमा बिरामीहरु फर्कने गरेका छन् ।