सुर्खेत, ८ जेठ ।
हिजो बेलुका भएको बर्षाले सुर्खेतको सिम्ता गाउँपालिका अन्तर्गतका विभिन्न ठाउँहरुमा क्षति पु¥याएको छ ।
खोलाहरुमा आएको भेलले कृषकका खेतवारी पुर्नुका साथै सडक, खानेपानी, सिँचाई कुलो भत्किएका छन् । गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दले दिनुभएको जानकारी अनुसार सिम्ता खोला, बाँझ खोला, खारे खोलाले विभिन्न ठाउँमा क्षति पु¥याएका छन् । वडा नं. ५ मा पर्ने घलेना लिफ्ट खानेपानी आयोजना, बजेडा आलि बृहत खानेपानी, तामा सिंचाई कुलो, लयाँटे सिँचाई कुलो, चौरे सिंचाई कुलोमा क्षति पुगेको अध्यक्ष चन्दले जानकारी दिनुभयो । यस्तै अहिलेसम्म बालकृष्ण शाहीको ४ रोपनी, ध्वज बहादुर रोकायको २ रोपणी, इन्द्र बहादुर शाहीको केराखेतिसहित २ रोपनी जग्गा खोलाले पुरेको छ भने वडा अध्यक्ष मोहन चन्दको माछा पोखरी र खेत पुरेको जानकारी प्राप्त भएको अध्यक्ष चन्दले बताउनुभयो । ५ नं. वडा कार्यालयमा पानी पसेर कम्प्यूटर कार्पेट लगायत सामान विग्रिएको पनि उहाँले जानकारी दिनुभयो । सिम्ता खोलाले वडा नं. ५, ६, ७, ८ र ९ मा पर्ने आसपासका खेतमा क्षति पु¥याएको छ । भलले चिरेर इन्द्र विसी द्रुतमार्गको बाँझखोला खण्ड र पनालखोला खण्डमा सडक अबरुद्ध भएको छ ।
एक्कासी परेको बर्षाले सिम्ताका अन्य ठाउँहरुमा पनि क्षति पु¥याएको र त्यसको विवरण संकलनका लागि प्रहरी र वडा सचिवहरुलाई निर्देशन दिइएको अध्यक्ष चन्दले बताउनुभयो । आज दिउसोसम्म क्षतिको विवरण संकलन हुने उहाँले जानकारी दिनुभयो । अध्यक्ष चन्दले बर्षाले किसानको खेतवारीमा अकल्पनीय क्षति पु¥याएको भन्दै राहतका लागि स्थानीय सरकारसंग हातेमालो गर्नका लागि प्रदेश सरकार र सरोकारवाला निकायलाई अपिल गर्नुभएको छ ।
तस्विरमा हेर्नुहाेस