चिङ्गाडमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न , १ सय ३६ जनाले लिए सेवा

सुर्खेत १३ जेठ ।  सुर्खेतको चिङ्गाड गाउँपालिका वडा न २ मा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरमा १ सय ३६ जनाले सेवा लिएका छन् ।

गाउँपालिकाको स्वास्थ्य शाखाले शनिबार सञ्चालन गरेको नाक, कान, घाँटी सम्बन्धिको शिविरमा  स्थानीय १ सय ३६ जनाले सेवा लिएका हुन् । शिविरमा १५ जनालाई मुखको इन्डेष्कोपी दिइएको स्वास्थ्य शाखा प्रमुख जीवन पैडेलले जानकारी दिनुभयो । उपचारका लागि सदरमुकामसम्म आइनपुग्न नसक्ने नागरिकलाई लक्षितगरी शाखाको बार्षिक कार्यक्रम अन्तर्गत शिविर सञ्चालन गरिएको पैडेलले बताउनुभयो । शिविरमा नाक, कान, घाँटी सम्बन्धी विशेषज्ञ डाक्टर पारस पैडेलले सेवा दिनुभएको थियो । शिविरको उद्घटानका क्रममा चिङ्गाड गाउँपालिका वडा न २ का अध्यक्ष प्रेम बहादुर थापाले वडामा शिवर सञ्चालनगरिएकोमा धन्यवाद व्यक गर्नुभएको थियो ।