यार्सागुम्बा टिप्न डोल्पा पुगेकी रुकुमपश्चिमकी विष्टको लेक लागेर मृत्यु

जेठ १५,सुर्खेत । यार्सागुम्बा टिप्न डोल्पा पुगेकी रुकुमपश्चिम आठविसकोट नगरपालिका–४ गोतामकोेट विष्ट गाउँकी २२ वर्षकी जमुना विष्टको लेक लागेर मृत्यु भएको छ ।
डोल्पाको काईके गाउँपालिकाको लैनीबगरदेखि माथि डाँडामा पुगेका बेला विष्टको ज्यान गएको वडा अध्यक्ष नरसिं विष्टले जानकारी दिनुभयो ।
डोल्पाको नाउरेमा पुगेको बेला विष्ट लेक लागेर बिरामी हुनुभएको थियो । उहाँको साथमा रहेकी कान्छी बहिनी सरस्वतीसहित घर फर्कदै गरेको बेला हिजो बाटोमा नै मृत्यु भएको वडा अध्यक्ष विष्टले जानकारी दिनुभयो ।